×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

भक्तपुरमा पाँच बर्षीया परीको बलात्कार

२४ माघ २०७४

भक्तपुर – भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) ले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुःखेको बताउँछिन्। धाई आमाले हेर्दा उनको अविकसित यौनाङ्गमा घाउचोट देखिन्छ। तर उनले आफ्नी सानी नानी बलात्कारको शिकार भएको अनुमान त के सपनामा समेत सोचेका थिइनन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यसैले परीको यौनाङ्ग धोईपखाली तेल मालिस गरेर मल्हम लगाइदिन्छिन्। तैपनि परीलाई सञ्चो हुँदैन। त्यसको तीन दिनपछि स्थानीय स्वास्थ्य केन्द्रमा देखाएर औषधि उपचार हुन्छ र दुख्न छोड्छ। यत्तिकैमा दुई हप्ता बित्छ। एकदिन परीले आफ्नै उमेरका बालकसँग खेल्ने क्रममा बालकमाथि घोडा चढ्छिन्। उनले बालकलाई घोडा चढेको बालककी आमाले देख्छिन् र हप्काएर परीलाई ‘तिमीले के गरेको’ भन्छिन्। परीले माया गरेको उत्तर दिन्छिन्।

फेरि बालककी आमाले यस्तो माया गर्न तिमीलाई कसले सिकायो भन्दै सोध्छिन्। परीले फलाना दादाले मलाई यसरी नै माया गर्नुभएको थियो भनी उत्तर दिन्छिन्। अनि बालककी आमालाई झन् बढी जान्ने उत्सुकता जाग्छ। उनले परीसँग थप सोध्छिन्, ‘दादाले अरु के के गर्नुभयो ?’

अबोध सानी परीले भनिन्, ‘मेरो पपी सेममा दादाको पपी सेम ठेल्नुभयो।’यति भनेपछि परी बलात्कृत भएको खुलासा भयो। उनले पिसाब गर्ने ठाउँमा दुख्यो भनेको कारण पनि खुलेपछि भोलिपल्ट परीकी आमाबुबाले प्रहरीमा आफ्नी छोरी बलात्कृत भएको किटानी जाहेरी दिए। प्रहरीले जाहेरी परेकै दिन परीलाई जबरजस्ती करणी गर्ने युवकलाई पक्राउ गर्छ।

यो घटना गएको पुसमा भएको पाँच वर्षीया बालिका बलात्कृत भएको घटनाको विवरण हो। महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त घटनामा संलग्न भएको आरोपमा ललितपुरको ललितपुर महानगरपालिका २२ बुङमती घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्र्दै आएका १८ वर्षीय वसन्त तामाङ आइतबार पक्राउ गरिसकेको छ। उनले आफू डेरा गरी बस्ने घरका छिमेकीका पाँच वर्षीया परीलाई ललाईफकाई लगेर जबरजस्ती करणी गरेको आरोपमा परीकी आफन्तले प्रहरीकहाँ किटानी जाहरी दिएको हो।

महानगरीय प्रहरी परिसरका अनुसार गएको पुस ३० गते परीले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुखेको बताएकी थिइन्। माथिको घटना विवरणअनुसार त्यसको तीन दिनपछि माघ ३ गते स्थानीय स्वास्थ्य केन्द्रमा जँचाएर औषधि उपचार गरिएको थियो। र, अनुसन्धानको क्रममा माघ २० गते परी र अर्का केटा साथीबीच घोडा चढ्ने खेल खेल्दै गर्दा बालककी आमाले सोधखोज गर्ने बेला परीले आफू तामाङबाट बलात्कृत भएको सुनाएको खुल्न आएको परिसरले जनाएको छ।

बालिकालाई जबरजस्ती करणी गर्ने तामाङलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। महानगरीय प्रहरी परिसर भक्तपुरमा अनुसार पाँच वर्षीया बलात्कारसँगै भक्तपुरमा फरक फरक मितिमा दुई युवती, एक महिला र एक किशोरी जबरजस्ती करणीको शिकार भएका छन्।

 

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top