वियान्का करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल

वियान्का करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल

२२ भदौ, एजेन्सी ।

अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै क्यानडाकी वियान्का एन्ड्रेस्कुले पहिलो ग्रान्डस्लाम उपाधिको रुपमा युएस ओपन टेनिसको उपाधि जितेकी छन् । योसंगै यूएस ओपनले टेनिसमा महिलातर्फ नयाँ च्याम्पियन पाएको छ ।

२३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्सलाइ हराउँदै बियान्का एन्ड्रीस्क्युले उपाधि जितेकी हुन् ।

२४ पटक ग्राण्डस्लामको उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेना १९ वर्षीया बियन्कासँग ६–३ र ७–५ को सेटमा पराजित भइन् ।

१५ औ वरीयताकी क्यानेडियन बियन्काले करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल भएकी हुन् । सुरुवाती सेटदेखि नै सेरेनाविरुद्ध आत्मविशवासी भएर खेल्दा जित हात पार्न सकिएको र यसवर्ष सपना साकार भएको वियान्काले समर्थकमाझ बताएकी छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.