पानी अभावमा बसाइ सर्न बाध्य

६ फागुन ७४, सोमबार

तेह्रथुम, फागुन ७
तेह्रथुमको छथर गाउँपालिका पञ्चकन्याको परिवन्दे गाउँका स्थानिय खानेपानीको अभावमा गाउँ छाडेर वसाई सर्न बाध्य भएका छन् ।

Advertisement

खडेरीका कारण पानीका मुहान सुकेका छन भने टाढाबाट ल्याएको पानीले अपुग हुन थालेपछि स्थानीय गाउँ छाडेर बसाईसर्न बाध्य भएका हुन् । पानी अभावमा वालवाीकालाई सरसफाई गर्न र समयमा विद्यालय पठाउन समेत समस्या भएको स्थानीय भुमिका मोतेले बताए ।

सुख्खाग्रस्त यो क्षेत्रमा पानीका मुहान छैन । पिउने पानीको अभाव हुंदा घरमा आएका पाहुना र गाइवस्तुलाई पानि खुवाउन समेत समस्या भएको स्थानीय झुम्कादेवी कार्की भनाई छ । खेतीवाली लगाउनसमेत आकासे पानीको भरपर्नु पर्दा सो गाउँमा हरेक वर्ष अनिकाल लाग्ने गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top