प्रजातन्त्र दिवश विराटनगरमा पनि भब्यरुपमा मनाइयो

६ फागुन ७४, सोमबार

विराटनगर, फागुन ७
प्रजातन्त्र दिवस विराटनगरमा पनि भव्य रूपमा मनाइएको छ । विराटनगरको आदर्श विद्यालयबाट शुरू भएको प्रभातफेरी गोल्छा चौक, जलजला मोड, अस्पताल चौक हुँदै पुनः आदर्श विद्यालयमा पुगेर सभामा परिणत भएको थियो । सभामा उपस्थित विशिष्ट महानुभावहरूले शहीदको तस्वीरमा माल्यार्पण गर्नुका साथै राष्ट्रिय सेवा दलले आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले शहीदहरूको योगदानको चर्चा गर्दै प्रजातन्त्रको आबश्यकता एवम् औचित्यता प्रस्ट्याएका थिए ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top