Nepal Times
Nepal Times
3
Shares

बुद्ध लामाको व्यङ्ग्यात्मक गीत ‘आफू भन्दा जेठी’ सार्वजनिक (भिडियो)

बुद्ध लामाको व्यङ्ग्यात्मक गीत ‘आफू भन्दा जेठी’ सार्वजनिक (भिडियो)

८ असोज, काठमाडौँ ।
नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामाको नयाँ गीत ‘आफू भन्दा जेठी’ सार्वजनिक भएको छ । बुधवार दिउँसो सार्वजनिक गरिएको ‘आफू भन्दा जेठी’ बोलको गीतमा बुद्ध र समीक्षा कोइरालाको स्वर रहेको छ ।

गीतमा मनोज सिग्देलको शब्द, दीपक राजको सङ्गीत र रिकेश गुरुङको संयोजन रहेको छ ।गीतले केटीले पैसा बिना कसैलाई भाउ नदिने र आफू भन्दा जेठीलाई प्रेमिका बनाउने चलन आएको भन्ने भाव रहेको गीतको भिडियोमा सम्पदा बानिया मनोज सिग्देल फिचर्ड छन् ।

व्यङ्ग्यात्मक र मनोरञ्जन प्रधान गीतको भिडियोमा नृत्य निर्देशन सियोम श्रेष्ठ र युद्ध लामाले गरेका छन् । अनोज सिग्देल र क्षितिज न्यौपानेले निर्माण गरेको गीतलाई चक्र बि . बराल(बासु)ले छायाङ्कन गरेका हुन् भने सम्पादन विनोद चौधरीले गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.