Nepal Times
Nepal Times
3
Shares

सुविधा सम्पन्न धर्मशाला निर्माणकार्य सम्पन्न

सुविधा सम्पन्न धर्मशाला निर्माणकार्य सम्पन्न

विराटनगर, फागुन ७
विराटनगर–७ स्थित कालीमन्दिर अत्याधुनिक सुविधा सम्पन्न धर्मशाला निर्माणको काम सम्पन्न भएको छ । कालीमन्दीर व्यवस्थापन समितिले साढे चार करोडको लागतमा धर्मशाला निर्माण गरेको हो ।

चारवर्ष लगाएर निर्माण गरिएको धर्मशालामा २८ वटा एयर कन्डिसन तथा ऐटेच वाथरुम सहितको कोठाहरु रहेका छन् । मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी मन्दीरमा उठेको भेटी तथा विराटनगर तथा विराटनगर बाहिर साथै विदेशमा रहेका भक्तजनहरुको सहयोगमा धर्मशाला निर्माण गरेको जनाएको छ ।

समितिकी अध्यक्ष डाक्टर मिनाक्षी नेपालले धर्मशाला निर्माणका लागि देश विदेशबाट सहयोग भएको बताइन् । मुख्य सडकमा रहेको मन्दिर पछाडिको १७ धुुर जग्गामा धर्मशाला निर्माण गरिएको छ ।

ऐतिहासिक एवं धार्मिक महत्व बोकेको विराटनगरको काली मन्दिरको छुट्टे महत्व रहेको छ । विक्रम सम्बत १९७१ सालमा विराटनगर सदरमुुकाम भएको थियो । त्यसपछि १९९७ सालमा कालिमन्दीरको स्वामित्वमा साविकको धर्मशाला निर्माण भएको थियो । कालिमाताका परमभक्त गोपीनाथ उपाध्याय खनालले त्यतिखेर आफनो निजिखर्चमा धर्मशाला निर्माण गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.