छोराको रड प्रहार बाट आमाको मृत्यु

छोराको रड प्रहार बाट आमाको मृत्यु
 सिरहा फागुन ११ । सिरहाको लक्ष्मीपुर वडा नं ४ मा छोराको रड प्रहार बाट महिलाको मृत्यु भएको छ। सिरहाको लक्ष्मीपुर ४ बस्ने २८ वर्षीय राम दास ततमाले घरायसी विवाद हुदा आफ्नै आमा ४५ वर्षीय ज्ञान देवी दास र १६ वर्षीय बहिनि सुनिता कुमारी देवी दास लाई बुधबार फलामे रडले प्रहार गरि गम्भीर बनाएका थिए।
रड प्रहार बाट टाउकोमा चोट लागि गम्भीर घाईते भएकी ज्ञान देवी दास र सुनिता कुमारी देवी दास लाई उपचारका लागि न्युरो हस्पिटल लगिएकोमा त्यहा समानिय चेकजांच गरि नोवेल हस्पिटलमा रेफर गरिएको थियो।
आमा छोरी दुबैको आइसियु वार्डमा उपचार भइरहेको अवस्थामा विहिबार राति आमा ज्ञान देवी दासको मृत्यु भएको ईलाका प्रहरी कार्यलय महेशपुर पतारीले जनाएको छ। रड प्रहार गर्ने राम दास ततमा लाई पक्राउ गरि घटनाको थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.