लमजुङ, फागुन ११
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताएका हुन् । नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको उनको दाबी थियो ।
प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका संस्थापक स्व रोहिणीराज त्रिपाठीको शालिक अनावरण गर्न लमजुङ पुगेका थिए । नेता कोइरालाले काँग्रेसलाई फर्केर हेर्दा धेरै योद्धा रहेको भन्दै संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
समानुपातिकको मतको आधारमा पनि काँग्रेसलाई विश्लेषण गर्नुपर्ने भन्दै उनले गिरिजाबाबुले भनेजस्तै काँग्रेसलाई संगठित र पुरानै स्तरमा पुर्याउने दाबीसमेत गरे ।
स्व त्रिपाठीको पहलमा प्राविबाट स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ११ सम्म पठनपाठन हुन्छ । विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ ।
रासस