×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026

देउवाको गृह जिल्लामा पानीको अभावले अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन

२ कार्तिक २०७६

२ कात्तिक, डडेल्धुरा।

 डडेल्धुराका अधिकांश सामुदायिक विद्यालयका शौचालय पानी अभावका कारण प्रयोगविहीन भएका छन् । विद्यालयमा पानी नहुँदा ग्रामीण क्षेत्रमा रहेका विद्यालयका शौचालय देखाउनलाई मात्र निर्माण गरिए जस्तो भएको छ ।

“खानेपानीको समेत सुविधा नभएको विद्यालयमा शौचालयमा हाल्ने पानी कहाँबाट पाउनु”, शम्भुनाथ निमावी छचोडाका विद्यार्थी रमेश ताम्राकारले भने । यस ठाउँमा एक गाग्री पानी ल्याउन आधा घण्टा लाग्ने गरेका कारण थप समस्या आएको विद्यार्थीले बताएका छन् ।

“पिउने पानी त घरबाट ल्याउनुपर्छ अनि कसरी शौचालयमा पानी प्रयोग गर्नु ?” मणिलेक अधारभूत नवदुर्गा–१ निन्तोलाकी लक्ष्मीकुमारी बोहराले भने, “विद्यालयमा खानेपानीको धारा भए पनि पानी आउँदैन ।”

खोलाबाट पानी ल्याउन जाँदा र आउँदा आधा घण्टा बित्ने वीरबलभद्र मावि मैदेका विद्याथी ममता विक बताउनुहुन्छ । विद्यार्थीको काम विद्यालयमा आएर पानी बोक्ने नभई पढ्ने भए पनि पानी बोक्नुपर्ने बाध्यता रहेको विद्यार्थी लक्ष्मण रैकालले दुःख व्यक्त गरे । लाखौँ खर्च गरेर निर्माण गरिएका शौचालय प्रयोगविहीन हुँदा डडेल्धुरा खुला दिसामुक्त क्षेत्र घोषणामा मात्र सीमित भएको छ ।

विद्यालयमा शौचालय प्रयोगको अवस्था चिन्ताजनक भएको जिल्लास्थित सरोकारवालाले जनाएका छन् । “सदरमुकामकै विद्यालयको हालत यस्तो खराब छ भने ग्रामीण क्षेत्रका विद्यालयको झन् कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ”, नवदुर्गा–१ का मोहन बोहराले भने । डडेल्धुरा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो ।रासस

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top