धर्मलाई सत्तासंग जोडेर नहेरौंः ईश्वर पोखरेल

१६ कात्तिक ७६, आइतबार

१७ कार्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले धर्मलाई सत्तासंग जोडेर नहेर्न आग्रह गरेका छन् ।

धापासीस्थित हरिहर मन्दिरमा आइतबार आयोजित विशेष कार्यक्रममा श्री रामचरितमानस ग्रन्थको नेपाली अनुवाद ‘श्रीरामचरितमानस “तुलसी” नेपाली छाया अनुवाद’ को लोकार्पण गर्दे उनले धर्म र सत्तालाई जोडेर विश्लेषण नगर्न आग्रह गरेका हुन्। सत्ताको सेवक बनेर धर्म चल्न नहुने भन्दै उनले समय अनुसार धर्मको परिस्कृत हुदै जानुपर्ने धारणा राखे । तपाई कम्युनिष्टहरु धर्म मान्नुहुन्न भन्ने गरेको स्मरण गर्दे उनले धर्म नागरिकको आस्था र विश्वास भएकाले कम्युनिष्ट सरकार वा कसैले पनि धर्ममाथि आघात पार्ने काम गर्न नहुने बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ्गले परापूर्व कालमा पनि देवताहरुले मिलेर श्रृष्टीको शासन चलाएको दृष्टान्त दिदै धर्मशास्त्रहरुबाट सिकेर शासन सञ्चालन गर्न राजनितिक दलहरुलाई सुझाव दिए ।

Advertisement

उनले रामचरितमानस ग्रन्थ नेपालीमा अनुवाद हुनु नेपालीका लागि साह्ै खुसीको कुरा भएको बताए । अनुवादक आचार्य श्री तुलसीराम कँडेलले नेपाली भाषामा यसअघि पनि रामचरितमानस अनुवाद भएपनि सुद्ध, छन्दबद्ध र पद्यमा नभएकाले आफुले प्रयास गरेको बताए । अवधि भाषाको रामायण महाकाव्य रामचरितमानसलाई सन्तगोस्वामी तुलसीदासले १६ औ शदाब्दीमा रचना गरेका थिए । रामचरितमानस ग्रन्थको यो चौथो नेपाली अनुवाद भएपनि जस्ताको तस्तै र छन्द र पद्यका दृष्टिले यो नै पहिलो अनुवाद कृति हो ।

यसअघिका अनुवादमा छन्द मिलाईएको थिएन भने गद्यमा प्रकाशित छन् । रामचरितमानस दशरथका छोरा रामचन्द्र नायक र जनकपुर धामकी जनकनन्दनी सीतालाई नायिका बनाई रचिएको भक्ति साहित्यको आध्यात्मपरक ग्रन्थ हो । यसमा रामलाई सर्वशक्तिमान नायकको रुपमा प्रस्तुत गरिएको छ ।

Advertisement

यो ग्रन्थमा आदर्श पिता, आदर्शपुत्र, आर्दश पत्नी, आदर्श भात्तृप्रेम, आदर्श गुरु भक्तिका साथै आदर्श राजधर्मको व्याख्या विश्लेषण गरिएको छ । अवधि भाषामा तुलसीलदाशद्धारा रचित श्रीरामचरितमानस सबै नेपालीहरुको पहुँचमा पुर्याउने उद्देश्यसाथ हरिहर सन्यास आश्रम देवघाटले जस्ताको त्यस्तै नेपाली अनुवादित श्री रामचरितमानस प्रकाशनमा ल्याएको हो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top