हुम्लामा व्यावसायिक स्याउ उत्पादन बढ्दै

२६ कात्तिक ७६, बुधबार

२७ कात्तिक,काठमाडौँ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लामा यस वर्ष १७ प्रतिशतले अर्गानिक स्याउको उत्पादनमा वृद्धि भएको छ ।

स्याउ फुल्ने बेलामा हावाहुरी र असिना नपर्नु तथा आवश्यक परेका बेला पानी परेको कारण स्याउको उत्पादनमा वृद्धि भएको हो । ३५० बोट स्याउ लगाएर फल्न थालेका सिमकोट गाउँपालिका–४ की वसन्ती शाहीले यसपालि ५० क्विन्टल स्याउ उत्पादन भएको बताइन् ।

गत वर्षभन्दा उनको फार्ममा स्याउ बढी फलेका थिए । अहिले उक्त स्याउ शाहीले केही सुकुटी बनाएर राखेकी छन् भने बाँकी बोरामा राखेर थन्क्याएकी छन् । शाहीका २० बोट स्याउबाहेक अन्य सबै बोटमा स्याउ राम्रो फलेको थियो ।

Advertisement

यता २५० बोट स्याउ फलाउँदै आएकी सिमकोट–५ की पाटकला रावतले पनि यसपालि गत वर्षभन्दा बढी स्याउ फलेको अनुभव सुनाइन् । उनले ३० क्विन्टलभन्दा बढी स्याउ थन्क्याएकी छन् । सिमकोट बजारमै उनले स्याउ भण्डारण गरेको कारण हाल स्याउ बिक्री भएको छैन ।

हुम्लामा स्याउ उत्पादन बढ्दै गएको छ । यो क्रम अब बर्सेनि जारी रहने उद्योग वाणिज्य सङ्घ हुम्लाका उपाध्यक्ष रामबहादुर भण्डारीले बताए । हरेक वर्ष स्थानीयहरूले स्याउ लगाउने क्रम जारी राख्दै आएका छन् । यस वर्ष हुम्ला जिल्लामा गत वर्षभन्दा १७ प्रतिशत स्याउ उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका प्रमुख चन्द्रभूषण झाले बताए । हुम्ला जिल्लामा चालू आर्थिक वर्षमा २८४ हेक्टर जमिनमा लगाएका स्याउबाट उत्पादन आउन थालेको र यसमा लगाइएका स्याउबाट दुई हजार ५९३ मेट्रिक टन स्याउ उत्पादन भएको विवरण गाउँपालिकाबाट आएको उनले जनाए । गत वर्ष २७० हेक्टरमा खेती गरिएकोमा त्यसबाट दुई हजार १६० मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।

Advertisement

गत वर्षभन्दा ४३३ मेट्रिक टन स्याउ बढी उत्पादन भएको देखिन्छ । यस वर्ष स्याउको उत्पादकत्वको अवस्था नौ दशमलव १३ रहेको प्रमुख झाले बताए । एक हेक्टर जमिनमा ३५० बोट स्याउ रोप्न सकिन्छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

सम्बन्धित समाचार

Scroll to Top