३० कात्तिक, काठमाडौँ ।
नेपाल भ्रमणमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण खेल भएको छ । र्कितिपुरस्थित क्रिकेट मैदानमा सनिबार भएको १० ओभरको खेलमा सचिनको टिम ब्लुले विनोदको रेडमाथि ९ विकेटको जीत निकालेको थियो ।
दुवै टिममा विभिन्न स्कुलका विद्यार्थी खेलाडी रहेका थिए । विनोदको टिमले दिएको ४६ रनको लक्ष्यलाई सचिनको टिमले ८ ओभरमा पुरा गरेको थियो । सचिनले ७ रन बनाएका थिए । युनिसेफको सद्भावना दूतका रुपमा रहेका सचिन बालअधिकार सम्बन्धि कार्यक्रममा सहभागी हुन शुक्रबार राती काठमाण्डौ आईपुगेका थिए ।