एसीसी इमर्जिङ कपमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित

१ मंसिर ७६, सोमबार

२ मंसिर, एजेनसी । एसीसी इमर्जिङ एसीया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । बंगलादेशको साभारस्थित मैदानमा बंगलादेशले २४ ओभरमै २ विकेट गुमाउँदै नेपालले दिएको १३९ रनको लक्ष्य भेट्टाएको हो ।

बंगलादेशका लागि नजमुल होसेन शान्तोले सर्वा्धिक ५९ रन बनाए । त्यस्तै मोहम्मद नैमले ४५ रन बनाउँदा सौम्य सरकारले ११ रन र यासिर अलीले रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र सुशन भारीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि सोमपाल कामीले सर्वा्धिक ३८ रन बनाए । ३५ रन बनाएको अवस्थामा तीन जना ब्याट्सम्यानलाई गुमाएको नेपालका ले ८५ रन बनाउँदा बाँकी पाँच विकेट पनि गुमाएको थियो ।

Advertisement

यस क्रममा कुशल भुर्तेल १०, ज्ञानेन्द्र मल्ल २२, शरद भेषावकर १, दिपेन्द्रसिंह ऐरी ६, आरिफ शेख ११, पवन सर्राफ ९, सन्दिप जोरा शून्य र विनोद भण्डारी आठ रनमा पवेलियन फर्किए ।

त्यसपछि क्रिजमा आएका सोमपाल कामी र करण केसीले नवौं विकेटका लागि ५० रनको साझेदारी गर्दै टिमको स्कोर उकासेका थिए । करणले ४७ बलमा एक चौका र एक छक्का प्रहार गर्दै १८ रन बनाए । सोमपाल सोमपाललले ६३ बलमा एक चौका प्रहार गर्दै ३८ रन बनाए ।

Advertisement

बलिङतर्फ बंगलादेशका मिनहाजुल अबेदिन अफ्रिदीले तीन विकेट लिए भने तनबीर इश्लाम र सुमोन खानले दुई–दुई विकेट लिए । समूह ‘बी’ मा रहेको नेपाल भारतसँग हारेको थियो भने हङकङलाई हराएको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top