मालीमा २४ सुरक्षाकर्मीको हत्या

२ मंसिर ७६, मंगलबार

३ मंसिर, एजेन्सी ।
अफ्रिकी देश मालीमा २४ जना सुरक्षाकर्मीको हत्या भएको छ ।

देशको पूर्वी क्षेत्रमा बिद्रोहीले गरेको आक्रमणमा २४ सुरक्षाकर्मीको ज्यान गएको मालीको सेनाले जनाएको छ ।

माली र नाइजरका सेनाले संयुक्त रुपमा गाओ सीमा क्षेत्रमा गरेको अपरेशनको क्रममा अरु २९ जना सुरक्षाकर्मी घाइते भएको जनाइएको छ ।

Advertisement

नाइजरको तिलोयामा अपरेशनको क्रममा १७ आतंककारी मारिएको र अरु एकजना पक्राउ परेको मालीको सेनाले जनाएको छ। यसअघि नोभेम्बर २ मा उत्तरी क्षेत्रमा बिद्रोहीले गरेको आक्रमणमा ४९ जना सुरक्षाकर्मीको निधन भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top