ट्रम्पविरुद्ध ह्वाइट हाउसकै कर्णेलले दिए बयान

४ मंसिर ७६, बुधबार
Share this
725shares

४ मंसिर, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत् युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका एक उच्च अधिकारीविरुद्ध ह्वाइट हाउस खनिएको छ।

Advertisement

लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्‍को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा त्यस्तो बयान दिएका हुन्।

गत जुलाइ महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको भनाइ थियो। जाँचबुझले राष्ट्रपतको शक्तिको दुरुपयोग भए वा नभएको अनुसन्धान गरिरहेको छ।

Advertisement

संसद्ले आउँदो चुनावमा ट्रम्पका आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारसम्बन्धी छानबिन गर्न उनले युक्रेनका नयाँ नेता भोलोदिमिर जेलेन्स्कीलाई दबाव दिने उद्देश्यले युक्रेनलाई दिने अमेरिकी सैन्य सहायता रोकेका थिए कि थिएनन् भन्ने कुरा स्थापित गर्न खोजिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top