×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

४ मंसिर २०७६

४ मंसिर, बाँके ।

बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् ।

Advertisement
Advertisement

यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ र साना ७८ छन् भने बाँकेमा नौ सीमास्तम्भ गायव पारिएका छन् । जसमध्ये मुख्य चार र सहायक पाँच सीमास्तम्भ छन् । बाँके, बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला पर्दछ । करीब ६५ किलोमिटर बाँकेखण्ड र ८० किलोमिटर बर्दियाखण्ड रहेको छ । बाँके र बर्दियालाई स्थानीय मानखोला नदीले छुट्याएको छ ।

नेपाल–भारत छुट्याउने बाँकेखण्डमा जम्मा ३०७ सीमास्तम्भ छन् । यसमा पनि मुख्य ३२ र सहायक २७५ सीमास्तम्भ छन् । जसमध्ये मुख्य २७ सीमास्तम्भ राम्रो अवस्थामा छन् भने चार खोलाले बगाएको छ । एउटा सीमास्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ । दुई सय ४६ सहायक सीमास्तम्भ राम्रो अवस्थामा भए पनि २१ को मर्मत गर्नुपर्ने देखिएको छ । तीन सहायक स्तम्भ पुनःनिर्माण गर्नुपर्ने देखिएको छ भने पाँच खोलाले बगाएको छ ।

यस्तै बर्दियाखण्डमा ७२ सीमास्तम्भ मर्मत गर्नुपर्ने भएको छ । तीमध्ये ३१ मुख्य, ४० सहायक र सानो एउटा सीमास्तम्भ छन् । पुनःनिर्माण गर्नुपर्ने मुख्य सीमास्तम्भ चार वटा छन् भने सहायक १२ र साना ३१ सीमास्तम्भ रहेका छन् । यस्तै सात साहयक सीमास्तम्भ खोलाले बगाएको छ भने २५ साना सीमास्तम्भलाई पनि खोलाले बगाएको छ ।

नापी विभागको रेकर्डअनुसार ४२ नम्बरको सीमास्तम्भ मानखोलादेखि ९८ नम्बरको सीमास्तम्भ कर्णाली नदीसम्म बर्दियाखण्ड हो भने मानखोलादेखि गुर्जेनगौरीसम्म बाँकेखण्ड पर्दछ । फेला नपरेका, पुनःनिर्माण, मर्मत गर्नुपर्ने काम सबै फिल्ड सर्वे टोलीले गर्दछ । फिल्ड सर्वेमा नेपाल– भारत दुवै देशका अधिकारी संलग्न रहन्छन् । फिल्ड सर्वे टोलीले पनि समयमा काम पूरा गर्न सकेको छैन । सर्वे टोलीले पूर्वदेखि काम थालेको बताइन्छ । नेपालतर्फ सीमानाकामा सशस्त्र प्रहरी बल नेपाल तैनाथ छ ।

सशस्त्र प्रहरी चौकी १३ देखि करीब २० किलोमिटरको फरकमा स्थापना गरिएको छ । यो दूरी बाँके र बर्दियाकै हो । भारतले भने सशस्त्र सीमा बल (एसएसबी)लाई करीब पाँच किलोमिटरको फरकमा तैनाथ गरेको छ । भारततर्फ बाटो छ, तर नेपालतर्फ बाटो छैन । त्यसकारण भारतले नेपालतर्फको सीमानाकामा आफ्नो दबाब बढाउँदै लगेको स्थानीयवासीको भनाइ छ । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को उपस्थिति भने बाक्लो रहेको छ ।

प्रत्येक एक÷दुई किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको दशगजामा देख्न सकिन्छ । भारत सिमानाको बाँकेखण्डमा नेपाली सुरक्षा उपस्थिति कमजोर देखिएको छ । सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छ । भातरतर्फ भने एसएसबीको बलियो उपस्थिति रहने गरेको छ । सशस्त्र प्रहरी बल नं ३० गण बागेश्वरीले नेपालगञ्ज भन्सार, कालाबन्जर, गङ्गापुर, नरैनापुर, सुइयालगायतका ठाउँमा सीमा सुरक्षाका लागि चौकी स्थापना गरेको छ ।

“हामीले दैनिकरूपमा सीमामा गस्ती गरिरहेका छौँ”, गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले भने, “सीमास्तम्भको अवस्था नियमितरूपमा अवलोकन गर्दै आएका छौँ ।” सीमामा दुई देशका सुरक्षाकर्मीको संयुक्त गस्तीसमेत बेला–बेला हुन्छ । कतिपय बेला क्षेत्र तोकेरसमेत गस्ती हुने गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । “सीमा सुरक्षाका सन्दर्भमा काउण्टर पार्टसमा छलफलसमेत हुने गरेको छ”, उनले भने , “प्रत्येक साता र आवश्यकताअनुसार नियमित पनि संयुक्त गस्ती हुने गरेको छ ।”

सशस्त्र प्रहरीले सीमाको सुरक्षाको काम मात्र गर्ने भएकाले सीमास्तम्भ मर्मत आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताएको छ । “हामीले सीमास्तम्भ मर्मत गर्ने होइन, हाम्रो काम सीमा सुरक्षाको मात्रै हो, सीमा सुरक्षाकै लागि पनि हामीसँग आवश्यकताभन्दा कम जनशक्ति छ, पाँच वटा युनिटबाट ६५ किलोमिटर हेर्नुपर्छ”, प्रहरी उपरीक्षक अधिकारीले भने । सीमावर्ती क्षेत्रका बासिन्दा नेपाली सुरक्षाकर्मीको अवस्था सीमामा पातलो रहने गरेको बताउँछन् । उनीहरु भन्छन्, “नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सीमा सुरक्षा बलको गस्ती बढी रहेको देखिन्छ ।”

Advertisement

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमामा नियमित गस्ती गरिरहेको बताउँछन्। “सीमामा नेपाली सुरक्षाकर्मी ‘एलर्ट’ छन्, सीमा क्षेत्रमा थप युनिट विस्तारका लागि हामीले पहल गरिरहेका छौँ”, उनले भने । बाँकेको महेन्द्रनगरमा सशस्त्र प्रहरी गणको मुख्यालय राखिएको छ । सशस्त्रले सीमा सुरक्षासँगै अर्को युनिटले राजश्व चुहावट नियन्त्रणका लागि भन्सार, औद्योगिक सुरक्षा बलका रूपमा पनि जिल्लामा परिचालित छ ।
रासस/ काशीराम शर्मा

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top