×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

मन्त्री हेरफेरमा सत्तारुढमै असन्तुष्टि

६ मंसिर २०७६

 ६ मंसिर, काठमाडौँ । मन्त्री हेरफेरपछि नेकपामा असन्तुष्टि देखिएको छ । तत्कालीन कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बुधबारै यसको संकेत गरेका थिए । शीर्ष नेताहरू

बालुवाटारमा बैठक बसिरहेका बेला उनले सञ्चारकर्मीसँग भनेका थिए, ‘प्रधानमन्त्री ज्यूले म र मातृकाजी (मातृका यादव) लाई हटाउन खोज्नु भएको छ । अरू साथीहरू बलिको बोको नभए हुन्थ्यो ।’

उनको यस्तो अभिव्यक्तिपछि ‘दुई जना मन्त्री हटाउन अरू दुई–चार जना को को सहिद हुने भए’ भन्ने हल्ला राजनीतिक वृत्तमा फैलियो । नेकपाकै कतिपय नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो नहुने भयो भन्दै टिप्पणी गरे । नयाँ जोश र गतिका साथ अगाडि बढ्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको चर्चा थियो ।

जब बुधबार साँझ मन्त्रिपरिषद् हेरफेरको सूची सार्वजनिक भयो तब सामाजिक सञ्जालमा नयाँ मन्त्रीलाई बधाई मात्रै होइन, पार्टी नेतृत्वको आलोचना पनि हुन थाल्यो । मन्त्री हेरफेरमा ‘परिवारवाद, गुटवाद र पैसावाद’ हावी भएको भन्दै पार्टीकै नेता–कार्यकर्ताले मिडियादेखि सामाजिक सञ्जालसम्म असन्तुष्टि पोखे ।

उनीहरूले कार्यसम्पादन मूल्यांकन कार्डमा राम्रो नतिजा दिएका मन्त्रीलाई फ्याँकिएको तर विवादमा परेका र काम गर्न नसकेकालाई ‘काखी च्यापेको’ भन्दै आक्रोश व्यक्त गरे । खानेपानीमन्त्री बिना मगरलाई नहटाएकामा अधिकांशले विरोध जनाए । गोकर्ण विष्ट र लालबाबु पण्डितलाई हटाएकामा प्रधानमन्त्री ओलीको आलोचना भयो ।

नेकपा नेता भीम रावलले कार्यकर्ताको अपमान हुने गरी मन्त्रिपरिषद् हेरफेर गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । हृदयेश त्रिपाठीलाई मन्त्री बनाएको, उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मा दिएको र मोतीलाल दुगडलाई मन्त्री बनाएको भन्दै उनले बिहीबार ट्वीटरमा लेखेका छन् ।

‘नेकपालाई बलियो र विजयी बनाउन रगत, पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुने गरी संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिस्ट पार्टीको उछित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानुन, न्याय र संसदीय मामिला जस्ता मन्त्रालय सुम्पिनुपर्ने के बाध्यता आइलाग्यो ?’,

उनले प्रश्न गरेका छन्, ‘विगतमा कम्युनिस्ट पार्टीविरुद्ध क्रियाशील, धनबल र पुँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो ? ’

सुदूरपश्चिम प्रदेशबाट यसपटक पनि पूर्वएमालेका नेतालाई मन्त्रिपरिषद्मा नसमेटेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ‘संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त ?’, उनको प्रश्न छ ।

नेकपाका अर्का नेता प्रदीप नेपालले गोकर्ण विष्टलाई मन्त्रीबाट हटाउनु गम्भीर भएको बताएका छन् । ‘गोकर्ण विष्टको बहिर्गमनले नेपालको सरकारभित्र दलाल पुँजीपति वर्गको निर्णायक पकड छ भन्ने सत्यलाई नांगो पारेर देखाइदिएको छ’, नेता नेपालले फेसबुकमा लेखेका छन् ।
नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले त मन्त्रिपरिषद् हेरफेरले लज्जित बनाएको प्रतिक्रिया दिएका छन् । ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’, साहले फेसबुकमा लेखेका छन्, ‘मन्त्री हटाउँदा र राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू गरेको देखिएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान् कार्यले हामी फेरि एकचोटि लज्जित भएका छौं ।’ अन्नपूर्ण पोष्टबाट

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top