सागको प्राविधिक समितिले कार्यविवरण बुझायो

७ मंसिर ७६, शनिबार
Share this
681shares

७ मंसिर, काठमाडौँ ।
यही मंसिर १५ गते बाट नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जिम्मा पाएको प्राविधिक समितिले शनिबार आफ्नो कार्यविवरण जानकारी गराएको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेदकुद परिषदको प्रचार प्रसार समितिको कार्यालयमा पत्रकार सम्मेलन गरेर प्राविधिक विषयमा समितिका संयोजक गंगाबहादुर मगरले जानकारी गराएका हुन् ।

Advertisement

गंगा बहादुरका अनुसार समितिले सागमा सहभागि भएका खेल संघहरुसँग समन्वय गरी प्रशिक्षक एवम प्राविधिक जनशक्ति परिचालन, पदक निर्धारण, खेलस्थल एवम खेल अवधि निर्धारण, प्राविधिक पुस्तिका तयारी, प्रकाशन सम्बन्धि काम पूरा भएको जानकारी गराएका हुन् । कार्यक्रममा संयोजक गंगाबहादुर मगरले केही दिन भित्र नै खेल स्थलको निरिक्षण गरी आवश्यक सल्लाह सुझाव दिने बताए ।

नेपालमा हुने लागेको खेल मेलामा विभिन्न सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । करिब १२ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कुल २९ खेल समावेश गरिएको छ । त्यसका लागि समितिले अन्तर्राष्ट्रिय रेफ्रि, जज, जुरी, अम्पायर लगाएत उच्च स्तरीय प्राविधिक डेलिगेट्सहरुलाई नेपाल आउन र उनीहरुको व्यवस्थापनका लागि काम गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top