Nepal Times
Nepal Times
3
Shares

मिस वर्ल्ड : नेपालको प्रतिस्पर्धी साबिक विजेता मेक्सिको

मिस वर्ल्ड :  नेपालको प्रतिस्पर्धी साबिक विजेता मेक्सिको

७ मंसिर, काठमाडौँ ।
विश्वको सबैभन्दा ठुलो सुन्दरी प्रतियोगिता ‘मिस वल्र्ड’ को पहिलो चरण ‘हेड टु हेड च्यालेन्ज’को लागि समूह विभाजन भैसकेको छ ।  यो वर्ष ‘मिस नेपाल २०१९’ अनुश्का श्रेष्ठले नेपाललाई प्रतिनिधित्व गर्दै छिन् ।

‘हेड टु हेड च्यालेन्ज’ अन्तर्गत नेपाल रहेको समूहमा मेक्सिको सहित पोल्यान्ड, गिब्राल्टार र सेमन आइल्याण्ड रहेका छन् । यी देशहरू मध्येबाट कुनै एक देश मात्रै अर्को चरणमा जानेछ । २०१८ को ‘मिस वल्र्ड’ मेक्सिकोकी भेनेसा पोन्स भएकी थिइन् ।

नेपाल रहेको समूहमा मिस मेक्सिको एस्ले एल्भिन्ड्रेज र मिस नेपाल अनुश्कालाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । गत वर्ष दुवै देश यस चरणका समूह विजेता थिए ।

१ सय १३ देश सहभागी उक्त प्रतियोगितामा ‘हेड टु हेड च्यालेन्ज’को लागि १७ समूह बनाइएको छ । गत वर्ष नेपाललाई प्रतिनिधित्व गरेकी शृङ्खला खतिवडा शीर्ष १२ सम्म पुग्न सफल भएकी थिइन् । भने ‘मल्टिमिडिया च्यालेन्ज’की विजेता समेत बनेकी थिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.