एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु

१४ मंसिर ७६, आइतबार

१५ मंसिर, सुनसरी ।
सुनसरीको कोसी गाउँपालिकामा शनिबार राति एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।

राति साढे १२ बजेतिर कोसी गाउँपालिकास्थित हरिपुरमा भएको सवारी दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीम दाहालले बताएका छन् ।

ज्यान जानेमा त्रियुगा नगरपापलिका उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई र दिनेश राई रहेका छन्। उनीहरु विराटनगरबाट र शिवमाया राईको शव लिएर गाइघाट गइरहेका थिए।

Advertisement

मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनरुवा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

पूर्वपश्चिम राजमार्गस्थित हरिपुरमा पश्चिम जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स विरजञ्जबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किएको थियो। एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ।

Advertisement

ज्यान गुमाउनेहरु सबै एउटै परिवारका हुन सक्ने प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top