अञ्जलीको विश्वकीर्तिमानमा नेपाल माल्दिभ्ससंग १० विकेटले विजयी

अञ्जलीको विश्वकीर्तिमानमा नेपाल माल्दिभ्ससंग १० विकेटले विजयी

१६ मंसिर, काठमाडौं । तीव्र गतिकी बलर अन्जली चन्दले विश्वकीर्तिमान प्रर्दशन गरेपछि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद(साग) महिला क्रिकेटमा माल्दिभ्सलाई १० विकेटले हराएको छ ।

सामान्य १७ रनको लक्ष्य नेपालले पाँच बलमै पुरा गरेको हो । पहिलो नो बलमा काजल श्रेष्ठले चौका प्रहार गरिन् । पहिलो बलमा चौका प्रहार गरिन् । दोस्रो बलमा १ रन लिंदा तेस्रो बलमा सिता राना मगर डट भइन् ।

चौथोमा वाइड २ र अर्कोमा काजले चौका प्रहार गरिन् । पाँचौ बलमालेग वाइका रुपमा १ रन लिदै नेपालले ५ बलमा खेल जितेको हो । यो नेपालले जितको सर्वाधिक छिटो जित हो । विश्वमा तेस्रो सर्वाधिक छिटो जित पर्दछ । यस अघि रवान्डा र तानजानिले समान ४ बलमा खेल जितेका छन् ।

नेपालकी ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौका सहित १३ रनमा अविजित रहिन् । त्यसअघि अन्जलीले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १० दशमलव १ ओभरमा १६ रनमा अल आउट भएको थियो । नेपालको बलिङ आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् ।

उसका हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्यले खाता खोल्न सकेनन् । अञ्जलीले ४ ब्याट्स्वुमनलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् । अञ्जलीले २ दशमलव १ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् ।

अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । करुणा भण्डारीले २ विकेट हात पारिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.