×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

आफ्नै महिला कर्मचारीमाथि एसएसपीको यौन शोषण

२६ मंसिर २०७६

२६ मंसिर, काठमाडौं । कूटनीतिक आचारसंहिता विपरीत गोप्य रूपमा भारतीय दूतावास गएका डिआइजी प्रवीण श्रेष्ठमाथि सशस्त्र प्रहरी बलले अनुशासनको कारबाही गरेको छ ।

अनुमति नलिई ६ मंसिरमा बा.२ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लैनचौरस्थित दूतावास पुगेका थिए ।

उनलाई सशस्त्र प्रहरी बलले उनीसँग स्पष्टीकरण सोधेको थियो । डिआइजी श्रेष्ठले तालिमसम्बन्धी विषयमा छलफल गर्न दूतावास गएको बताएका थिए । तर, उनले अनुमति लिएका थिएनन् । पदीय अनुशासन विपरीतको काम गरेको भन्दै उनलाई सशस्त्र प्रहरी मुख्यालयले विभागीय कारबाहीस्वरूप सचेत गराएको छ ।

कुनै पनि सरकारी कर्मचारीले विदेशीसँग भेट्न सम्बन्धित मन्त्रालयबाट अनुमति लिनुपर्छ । अनुमति विना दूतावास जाने तथा विदेशीहरूलाई भेट्ने कर्मचारी कारबाहीमा पर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरज श्रेष्ठ बताउँछन् । यस सम्बन्धमा गृह मन्त्रालयले समेत परिपत्र गर्दै आएको छ ।

परराष्ट्र मन्त्रालयले बनाएको कूटनीतिक आचारसंहिता, २०६८ को दफा १० (२१) मा सार्वजनिक ओहोदामा रहेको व्यक्तिले औपचारिक कार्यक्रम वा विधिगत स्वीकार गरिएको निमन्त्रणा बाहेक नेपालस्थित कूटनीतिक नियोग वा निवासमा प्रवेश गर्न नहुने उल्लेख छ ।

अनुमति लिएर गए पनि त्यसबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने आचारसंहितामा उल्लेख छ । तर, डिआइजी श्रेष्ठ दूतावास गएकोबारे सशस्त्र प्रहरी मुख्यालयलाई नै जानकारी गराएका थिएनन् । डिआइजी श्रेष्ठ सशस्त्र प्रहरीको कमान्ड एन्ड स्टाफ कलेजमा कार्यरत छन् ।

एसएसपी राणामाथि छानबिन सुरु
आफ्नै कर्मचारीलाई यौन शोषण गरेको र अर्की महिलालाई धम्काएको उजुरीमा प्रहरी प्रधान कार्यालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर राणामाथि छानबिन सुरु गरेको छ । गृह मन्त्रालयको पत्राचारका आधारमा उनीमाथि छानबिन सुरु भएको हो ।

आफ्नो घरबार बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । राणा इटहरीमा ट्राफिक प्रहरी प्रमुख हुँदादेखि चिनजान भएको र पछि विवाद भएपछि गोली हानेर मारिदिने भनेर धम्की दिएको उजुरीमा उल्लेख छ ।

उजुरी परेपछि गृहले गोप्य रूपमा छानबिन गरेको थियो । छानबिनका क्रममा एसएसपी राणा काममा भन्दा पार्टीमा रमाइलो गर्ने र सुनसरी क्षेत्रका खराब मान्छेसँग संगत रहेको पाइएपछि थप छानबिन गरेर कारबाही गर्न मुख्यालयलाई पत्राचार गरेको थियो ।

गृहको छानबिनका क्रममा एसपी हुँदादेखि नै उनले असइ प्रमोद पसेला यादवलाई परिचालन गरी पैसा उठाउने गरेको समेत औँल्याइएको छ । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले एसएसपीमाथि छानबिन गर्न गृहबाट पत्र आएको र उजुरी छानबिन शाखाले थप छानबिन अघि बढाएको बताए । नयाँ पत्रिका दैनिकबाट

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top