×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

भिजिट भिसामा विदेश जानेलाई अध्यागमनले नरोक्ने, मानव तस्करको चिन्ता

२७ मंसिर २०७६

२७ मंसिर, काठमाडौँ । भिजिट भिसामा विदेश जानेहरूलाई अब अध्यागमन विभागले नरोक्ने भएको छ । जोखिमपूर्ण देशमा जाने महिलाहरूलाई भने शंका लागेमा रोक्न पाउने भएको छ ।

भिजिट भिसाको नाममा काम गर्न जाने आशंकामा अध्यागमनले फर्काउँदा घुम्न र व्यापारिक कामले विदेश जाने समेत मर्कामा पर्दै आएका थिए । नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकार हनन भएको गुनासो बढेपछि तीन सातायता अध्यागमगनले भिजिट भिसामा जानेहरूलाई सहजै प्रस्थान अनुमति दिन थालेको छ ।

पर्यटक भिसामा विदेश जाने नाममा मानव तस्करी हुने भएकाले अध्यागमनले शंकास्पद व्यक्तिहरूलाई रोक्दै आएको थियो । तर, तोकिएअनुसार कागजपत्र बोकेका पुरुषहरूलाई अब नरोकिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

‘तोकेअनुसार कागजपत्र बोकेको अवस्थामा भिजिट भिसामा विदेश जाने पुरुषहरूलाई अब अध्यागमनले रोक्दैन,’ उनले भने, ‘महिलाहरूको हकमा भने शंकास्पद लागेमा रोक्न सकिन्छ ।’

पासपोर्ट, भिसा, दुईतर्फी टिकट, स्पोन्सर लेटर वा एक हजार अमेरिकी डलर र होटेल बुकका कागजपत्र देखाएको अवस्थामा अध्यागमनले नरोक्ने जनाएको छ । विगतमा हरेक दिन १०–१२ जनालाई कागजपत्र हुँदा पनि शंकास्पद लागेको भन्दै अध्यागमनले फर्काउने गरेको थियो ।

गृहमन्त्रीकै निर्णयले प्रावधान हटाइयो
यससम्बन्धी धेरै गुनासो आएपछि गृहमन्त्री रामबहादुर थापा बादलले नै कागजपत्र भएका कसैलाई पनि नरोक्ने निर्णय गत २६ कात्तिकमा गरेका थिए । सोहीअनुसार सबैलाई पठाउन थालिएको हो । तर, यसले मानव तस्करी सहज बनाउन सक्ने प्रहरीको चिन्ता छ । भिजिट भिसामार्फत विभिन्न देश लगेर अलपत्र पारिएका नेपालीहरूको संख्या ठूलो छ ।

भिजिट भिसाको नाममा अध्यागमन कर्मचारीले सेटिङ गर्ने, कामले नै जाने पनि रोकिने र नागरिकको अधिकार हनन भएको सर्वाेच्चको फैसलापछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । गत महिना अधिकृत कमल पराजुलीसहित अध्यागमनका १३ कर्मचारीलाई भिजिट भिसामा सेटिङ मिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो ।

पूर्व लडाकु लेनिन विष्टले सर्वाेच्चमा दायर गरेको रिटमा आवतजावतमा रोक्दा नागरिकको नैसर्गिक अधिकार हनन भएको भन्दै नरोक्न निर्देशनात्मक आदेश दिएको थियो । ‘त्यसपछि अब कसैलाई नरोक्ने निर्णय लिएका हौँ,’ गृह मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘यसले मानव तस्करी गर्नेलाई सहज हुन सक्छ, तर पनि हामी यस्तो निर्णय गर्न बाध्य भयौँ ।’

नौ वटा देश जान लागेका महिलालाई शंकास्पद लागेमा रोकिने
विभिन्न नौवटा देश जाने महिलालाई भने शंकास्पद लागेमा अध्यागमनले फर्काउने गरेको छ । पुरुषको तुलनामा महिलाहरू बेचबिखन तथा तस्करीको उच्च जोखिममा भएकाले तोकेअनुसार कागजपत्र भए पनि सोधपुछको क्रममा शंकास्पद लागेमा रोकिने अध्यागमन विभागले जनाएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, कतार, ओमान, बहराइन, मलेसिया, इराक, अफगानिस्तान तथा अफ्रिकी देश जाने महिलाहरू जोखिममा पर्न सक्ने भएकाले विश्लेषणपछि मात्र प्रस्थान अनुमति दिन मन्त्रालयले अध्यागमनलाई पत्राचार गरेको छ ।

भिजिट भिसामा मानव तस्करी ठूलो समस्या बन्दै गएको छ । खाडीदेखि अफ्रिका र अमेरिकासम्म भिजिट भिसामा लगेर काम लगाइदिने भन्दै ठगी हुने गरेको छ । कतिपय महिलाहरू बेचबिखनमा परेका छन् । सोही कारण विदेश घुम्न जान सक्ने व्यक्तिजस्तो नलागेमा अध्यागमन अधिकारीहरूले फर्काउने गरेका थिए ।

हचुवाकै भरमा निर्णय हुँदा विवाद हुने गरेको थियो । भिजिट भिसामा विदेश जानेलाई रोक्दा–नरोक्दा दुवैतर्फ आफूहरू विवादमा पर्ने अध्यागमनका अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top