Nepal Times
Nepal Times
3
Shares

वीपी को आन्दोलन चर्कदै

वीपी को आन्दोलन चर्कदै

 

धरान, असोज ६ । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी
कर्मचारीहरुको आन्दोलन झन चर्कदै गएको छ । १३ दिन देखि धर्नामा रहेका
कर्मचारीहरुको आन्दोलन गुण्डा प्रयोग गरि दबाउन खोजेको भन्दै उपकुलपतीको
राजिनामाको माग गरेका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरानमा १३ दिन देखि धर्नामा रहेका कर्मचारीले प्रतिष्ठानका पदाधिकारीहरुको
कार्यकक्षमा लगाएको तालाबन्दी गुण्डा प्रयोग गरि फुटाउन खोजेको भन्दै
कर्मचारीले आन्दोलन झन चर्काएका छन् । शान्तिपुर्ण रुपमा आन्दोलनमा रहेका
कर्मचारीहरुलाई वार्तामा बस्नुको साटो बाहिरी मानिसको हस्तक्षेप बढे पछि
आन्दोलन भड्किदै गएको छ । कर्मचारीले लगाएको ताला प्रतिष्ठान बाहिरबाट
गएकाहरुले फुटाए पछि प्रतिष्ठान तनावग्रस्त बनेको थियो । धरान
उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष सहितको टोलिले ताला फुटाउने भन्दै प्रतिष्ठान भित्र पुगे पछि अझै घम्साघम्सी भएको थियो । वार्ता गर्नुको साटो गुण्डागर्दी शैलीमा उत्रिएका उपकुलपतीले राजिनामा दिनुपर्ने उनीहरुको माग रहेको छ । प्रतिष्ठानमा बढ्दै गएको बेथिती अन्त्य गर्न भन्दै विभिन्न समुहहरुले दबाब दिदै आएका छन् । नेपाली कांग्रेसका दुई नेताहरुले नेतृत्व गरेको दुई खेमाका कर्मचारी समाजसंग निकट रहेका समुहहरुले हस्तक्षेप गर्दै आएका छन् । बाहिरी हस्तक्षेप रोक्न सकिएन भने प्रतिष्ठानको भविष्य अन्धकारमा
रहेको रजिष्टार तुल बहादुर श्रेष्ठको भनाई छ । उच्च स्तरिय तलबमान आयोगको
प्रतिवेदन खारेज गर्नु पर्ने सहित प्रतिष्ठानमा बढ्दै गएको भ्रष्टाचार अन्त्य
लगायतका कर्मचारीहरुको सेवा सुविधा वृद्धिको माग गर्दै उनीहरु आन्दोलनमा छन्

 

 

 

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.