×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

हवाई आक्रमण गरी अमेरिकाद्वारा इरानी कुड्स फोर्सका प्रमुखको हत्या

१८ पुष २०७६

१८ पुस, एजेन्सी ।
बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको ज्यान गएको छ ।

आक्रमणको जिम्मा अमेरिकाले लिएको छ । यो आक्रमणमा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल– मुहान्दिसको पनि ज्यान गएको छ । हवाई आक्रमणमा प्रमुख सोलेमानीसँगै आठ जनाको ज्यान गएको छ ।

अमेरिकी रक्षा विभागको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीको रक्षाको लागि कासिम सोलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’

‘यो हवाई आक्रमण भविष्यमा ईरानी आक्रमणलाई रोक्ने उद्देश्यका साथ गरिएको हो । अमेरिका जहाँ भए पनि ऊ आफ्नो नागरिकको रक्षाको लागि आवश्यक कारबाही गर्न सधैँ तयार छ’, बयानमा भनिएको छ ।

यद्यपि सोलेमानको निधन मध्य–पूर्वसँग जोडिएको एक ठूलो घटनाको रुपमा बताइएको छ । साथै ईरान र यसको समर्थित मध्य–पूर्व शक्तिले अब इसरायल र अमेरिकाविरुद्ध जवाफी कारबाही गर्न सक्ने बताइएको छ ।

गएको आइतबार अमेरिकाले पूर्वी सिरिया र पश्चिमी इराकमा रहेको कताइब हिजबुल्लाह सङ्गठनको इलाकालाई निशाना बनाएको थियो । जुन घटनामा कम्तीमा २५ जना लडाकु मारिएका थिए ।

यो घटनापछि सोमबार इराकी प्रधानमन्त्री आदिल अब्दुल महदीले अमेरिकी हवाई आक्रमण उसको देशको सम्प्रभुताको उल्लङ्घन भएको र अमेरिकासँगको सम्बन्धको बारेमा समीक्षा गर्ने बताएका थिए ।

यता कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहान्दिसले इराकमा रहेको अमेरिकी सुरक्षा बललाई गतिलो जवाफ दिने बताएका थिए ।

यसपछि मङ्गलबार बगदादमा रहेको अमेरिकी दूतावासमा प्रदर्शनकारीहरुले आक्रमण गर्नुका साथै अमेरिकी राष्ट्रपतिले यो घटनामा ईरानलाई जिम्मेवार ठहराएका थिए ।

सुलेमानीलाई पश्चिम एसियामा ईरानी गतिविधि चलाउने प्रमुख रणनीतिकार मानिन्थयो ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top