एजेन्सी, पुस २२
इरानको संसद्ले अमेरिकी सेना र पेन्टागनलाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने एउटा प्रस्ताव पारित गरेको छ।
विदेशी नेताहरूलाई प्रवेशाज्ञा दिने सन् १९४७ मा गरिएको संयुक्त राष्ट्रसङ्घ मुख्यालय सहमतिको उल्लङ्घन गर्दै अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको भ्रमण गर्न लागेका इरानी विदेशमन्त्रीलाई प्रवेशाज्ञा दिन अस्वीकार गरेपछि यस्तो प्रस्ताव पारित गरेको हो ।
इरानी विदेशमन्त्री जावाद जरिफले बिहीवार हुने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा बोल्न चाहेका थिए । इरानी संसद्ले विदेशी भूमिमा कार्य गर्ने कूड्स फोर्सका लागि अतिरिक्त रकम विनियोजन गरेको छ।