सात महिनामा एक हजार ७९ मेट्रिक टन माछा आयात

सात महिनामा एक हजार ७९ मेट्रिक टन माछा आयात

विराटनगर, फागुन २९
भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।

अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । आयातित् माछामा रहुँ, नैनी, भाकुरका साथै अन्य जातको रहेको छ ।

सिद्रा माछा १४ दशमलव ६ मेट्रिक टन, एक्युरियम माछा तीन हजार ९०० गोटा र ८० हजार माछाको भुरा आयात गरिएको कार्यालयका स्वास्थ्य प्राविधिक नीरज कट्टेलले जानकारी दिए ।

यसका साथै सो अवधिमा १० हजार ९६६ वटा सँुगुर, एक हजार ३२९ घोडा खच्चर, राँगाभैँंसी एक हजार ५३६ तथा गाईगोरु ६२ आयात गरिएको छ । भारतबाट आयातित् माछा खानयोग्य छ कि छैन् भनेर विराटनगरस्थित खाद्य प्रविधि प्रयोगशालामा जाँच गराउने गरिएको प्राविधिक कट्टेलले बताए ।

खसीबोकालगायत जनावर रोगी भए नभएको विराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जाँच गराउने गरिएको उनले बताए । सोही अवधिमा सिरहाको माडर नाकाबाट १०६ मेट्रिक टन दूध, १०२ मेट्रिक टन दही र ९१ किलो घ्यू निर्यात भएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.