हिन्दी पुस्तकको विमोचन गर्दे हृदयेश त्रिपाठीले भने, ‘भाषाको भूगोल हुँदैन’

२४ पुस ७६, शुक्रबार

२५ पौष, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भुगोल नहुने बताएका छन् । बाह्रखरी बुक्सले प्रकाशित गरेको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद ‘उत्कृष्ट कहानियाँ’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सिमाले नरोक्ने बताए ।

भारतीय दुतावास काठमाडौं र हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विश्व हिन्दी दिवसका अवसरमा आयोजना गरेको क्रार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

मन्त्री त्रिपाठीले नेपाल एक बहु भाषी बहु सांस्कृतिक र बहु जतिय विभिदता भएको देश भएकाले भाषा र संस्कृतिमा समृद्ध भएको बताए । नेपाल भूगोलले सानो भएपनि भौगोलिक, सामुदायिक, सांस्कृतिक विभिदताले ठूलो र सम्पन्न देश भएको उनले बताए । उनले हिन्दी भाषा र नेपाली भाषा दुवै भाषाको उद्गम संस्कृत भएकाले सभ्यता एउटै भएको बताए ।

Advertisement

परस्पर रुपमा नेपाली साहित्यहरु हिन्दीमा अनुवाद हुनु र हिन्दी साहित्यहरु नेपालीमा अनुवाद हुनुले दुई देशलाई सिमाले छुट्याएपनि भाषा, संस्कृति र सभ्यताको दृष्टिले सिमालाई पनि पार गरेको बताए ।

नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन गरिएको हो ।

कार्यक्रममा नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नेपाल र भारतलाई भाषाले बलियोसँग जोडेको बताए । दुवै भाषाको लिपि देवनागरिक हुन र संस्कृति एउटै हुनु यसको बलियो आधार भएको उनले बताए । उनले भाषाको यहि समानताले दुवै देशका जनतालाई जोडेर राखेको छ जसरी जनकुर र अयोध्या, पशुपति र काँशी, लुम्बिनी र बोधगया जोडिएका छन् । त्यसैले भाषा र संस्कृतिको परिणाम नै नेपाल र भारतबीचको सम्बन्ध भएको उनले बताए ।

बाह्रखरी बुक्सले बजारमा ल्याएको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी भाषामा प्रकाशित ‘उत्कृष्ट कहानियाँ’को विमोचन संयुक्त रुपमा सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी, नेपालका लागि भारतीय कार्यवाहक राजदूत डा. अजय कुमार, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, बाह्रखरी मिडियाका प्रवन्ध निर्देशक ज्ञानेश्वर आचार्यले गरेका थिए ।

यो पुष्तक नेपालको भूगोल, भाषाभाषी, संस्कृति र सम्प्रदायको मौलिकता र आञ्चलिकता जोडने संग्रहसमेत भएकाले हिन्दी भाषामा अनुवाद हुँदा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन टेवा पुग्ने र नेपाली साहित्यको बजार फराकिलो हुने बाह्रखरी बुक्सले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top