२५ पुुस, काठमाडौँ ।
नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न ट्राभल एजेन्सिहरुले विभिन्न रचनात्मक कार्यक्रमहरु गरेका छन् । पर्यकहरुलाई पर्यटकिय क्षेत्र घुमाउँदा फोटो खिच्ने तरिका सिकाई पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने काममा ट्राभल एजेन्सीहरु लागेका हुन् ।
शुक्रबार काठमाडौंमा रहेको एनबीएम ट्राभल्सले काठमाडौंको बसन्तपुर क्षेत्रमा चिनियाँ पर्यटकहरुलाई फोटो खिच्ने तालिम दिएको छ । चीनबाट नै फोटोग्राफर ल्याएर पर्यटकिय क्षेत्रको फोटो कसरी लिने भन्ने विषयमा विशेष तालिम दिएको ट्राभल्सले जनाएको छ । चिनियाँ फोटो ग्राफरले नेपालका पर्यटकिय क्षेत्रहरु हेर्न लायक रहेको र यसको राम्रो फोटो लिई विदेशमा पु¥याउन सके पर्यटन प्रवद्र्धनमा थप सघाउ पु¥याउने बताए ।
ट्राभल एजेन्सीहरुले पर्यटक र पथप्रदर्शकहरुलाई फोटो खिच्ने सम्बन्धमा राम्रो तलिम दिन सकेमा नेपालका पर्यटकिय क्षेत्रको राम्रो प्रवद्र्धन हुने बताएका छन् । पर्यटकहरुले फोटोहरु आफ्नो सामाजिक सञ्जालमा राख्ने अथवा विदेशमा लगि देखाउने भएकाले राम्रो फोटोका कारण अझ बढी पर्यटन प्रवद्र्धन हुने विश्वास ट्राभल एजेन्सीहरुको छ ।