×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

डेङ्गु रोगविरुद्धको अभियान शुरु

१ चैत्र २०७४

चितवन, चैत १
पूर्वी चितवनको कालिका नगरपालिकामा आजदेखि डेङ्गु रोगविरुद्धको अभियान शुरु भएको छ । कालिका नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा यहाँको बजार क्षेत्रमा उक्त अभियानअन्तर्गत आजदेखि घरघरमै स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

अभियानका क्रममा स्वयंसेविकाले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजी गरी नष्ट गर्ने तथा सचेत गराउने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

यसका लागि यहाँ १५ जनाको टोली परिचालन गरिएको छ । गर्मी मौसम बढ्न थालेकाले अब डेङ्गु रोग पनि फैलन सक्ने भन्दै रोेगविरुद्ध अभियान थालिएको उनको भनाइ छ ।

यसअघि भरतपुर महानगरपालिकामा बुधबारदेखि अभियान शुरु भएको थियो भने सोमबारदेखि राप्ती नगरपालिकामा अभियान थालिएको छ । जिल्लाको सबै क्षेत्रमा गरेर उक्त अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेविका गरी करिव १०० जना परिचालन गरिएको छ ।

हरेक क्षेत्रमा तीन दिन अभियान चलाइने छ । खैरहनी र रत्ननगरमा भने अर्काे चरणमा अभियान चलाइने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कालिका नगरपालिका वडा नं ६ का अध्यक्ष विनोद रेग्मीले उक्त अभियानले घरघरमा सचेतना फैलने भन्दै यस्ता कार्यक्रम जरुरी रहेको बताए ।

चितवनमा चालू आर्थिक वर्षको अहिलेसम्म ५७ जनामा डेङ्गु रोग लागेको पाइएको छ । त्यसमध्ये ३१ जना चितवनका बिरामी र बाँकी अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी हुन् ।

मुुख्यगरी एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । घर वरपर फ्याँकिएका भाँडा, बट्टा, टायर टिन, ड्रमका टुक्रामा जमेको पानीमा यो लामखुट्टेले बच्चा हुर्काउने भएकाले यसरी पानी जम्न नदिई घर वरपर सरसफाइ गरे डेङ्गुबाट बच्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।

यसको खास उपचार नभएकाले लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ । अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, बिबिरा देखिने भयो भने चिकित्सकलाई देखाउनसमेत जनस्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।
रासस

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top