NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

झापाका अधिकांश ठूला होटलमा अखाद्य वस्तु फेला

शुक्रबार चैत्र २ , २०७४
Reading Time: 1 min read
A A
झापाका अधिकांश ठूला होटलमा अखाद्य वस्तु फेला
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

झापा, चैत २
बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दुई दिन गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालसहितको टोलीले गरेको अनुगमनका क्रममा होटलले अखाद्य वस्तु बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको अनुगमनपछि सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

रेडमग र गाउँलेमा किरा भेटियो
बिर्तामोडमा सञ्चालित रेडमग र गाउँले यहाँका नाम चलेका होटल हुन् । यी होटलमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका खाद्य सामग्रीमा किरा भेटिएको थियो ।

LS Auto

गाउँले होटलमा बुधबार गरेको अनुगमनका क्रममा खाद्यान्नमा किरा पाइएको थियो भने रेडमगमा बिहीबार अनुगमन गर्दा ज्यूँदा र मरेका साङ्लासहितको खाद्य सामग्री बिक्री बितरण गरिरहेको पाइएको थियो । रेडमगमा बिक्रीका लागि राखिएका सामग्री म्याद गुज्रिएका र किरासरी पाइएपछि तत्काल होटल बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुंगानाले बताए ।

यसैबीच, रेडमग होटलका सञ्चालक सुरेन्द्र उप्रेतीले आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । उनले अनुगमन टोलीलाई गल्ती स्वीकार्दै तत्काल सुधार गर्ने बताए । सो होटलमा अनुगमन टोलीले पहेँलो स्टिकर टाँसेको छ ।

रेडमग र गाउँले मात्र होइन बिर्तामोडमा सञ्चालित अधिकांश होटलमा पहेँलो स्टिकर टाँसिएको थियो । अधिकांश होटलमा पहेँलो स्टिकर टाँसिएकाले अब उपभोक्ताले स्टिकर हेरेर मात्रै खाद्य सामग्री उपयोग गर्नुपर्ने खाद्य निरीक्षक अर्यालको भनाइ छ ।

उनले बिर्तामोडमा सञ्चालित होटलले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खाद्य सामग्री बिक्री गर्दा रहेछन् । हामीले उनीहरुलाई सचेत रहन आग्रह गर्दै सरसफाइमा ध्यान दिन भनेका छौँ भने ।

उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने होटल नसुध्रिए, अर्को पटकको अनुगमनमा आउँदा अहिलेकै अवस्थामा पाइए होटल नै बन्द गर्छौँ अर्यालले भने ।

जनप्रतिनिधि भन्छन्– पशुले पनि खान अयोग्य
बुधबार र बिहीबार गरिएको अनुगमनमा सहभागी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले होटलमा अखाद्य वस्तुको खुलेआम बिक्री भइरहेको भन्दै त्यस्ता अखाद्य वस्तु बिक्री गर्ने होटल तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले स्थानीय निकायमा अधिकार नभएकाले आफूहरुले तत्काल केही गर्न नसक्ने बताउँदै सम्बन्धित निकायले त्यस्ता होटल तत्काल बन्द गर्नुपर्ने बताए । अनुगमनमा सहभागी बिर्तामोड नगर कार्यपालिकाका सदस्य भावना आचार्य घिमिरेले रेडमग होटल तत्कालका लागि बन्द गर्दै सरसफाइ गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको बताए ।

यता बिर्तामोड नगरपालिका–५ का सदस्य सुरेन राजवंशीले पशुले पनि खान अयोग्य वस्तु बिर्तामोडका होटलले खुलेआम बिक्री वितरण गरेर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको बताएका छन् ।

त्यस्तै बिर्तामोड नगरपालिका–१ की सदस्य यमुना आचार्यले रेडमगले उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गरेको बताए । यता होटल व्यवसायी संघ झापाकी सदस्य इन्दिरा श्रेष्ठले भने होटल व्यवसायीको बचावट गरेकी छन् । उनले होटल व्यवसायीलाई तत्काल कारबाही गरिहाल्न नमिल्ने बताउँदै फेरि अनुगमन आउँदा उनीहरु सच्चिन्छन् भनिन् ।

कुन होटल कस्ता
बिर्तामोडमा सञ्चालित दुईवटा होटलले मात्रै अति उत्तमको लोगो पाएका छन् । खाद्य स्वच्छतासम्बन्धी ५० वटा मापदण्डअन्तर्गत ९० अंकमाथि ल्याउन सफल बिर्तामोडको ह्याङ आउट क्याफे र मिटिङ पोइन्ट होटलले मात्रै थ्री स्टारअर्थात् अति उत्तमको स्टिकर पाएका छन् । यी होटल सरसफाइलगायत अन्य दृष्टिकोणले उत्कृष्ट रहेको पाइएको थियो ।

त्यस्तै, दुईवटा होटलले उत्तम अर्थात् टु स्टारको लोगो पाएका छन् । होटल होलिडे होम र बिनायकले टुु स्टारको लोगो पाएका हुन् । २१ वटा होटलमा गरिएको अनुगमनका क्रममा चारवटा होटल मात्रै योग्य देखिएको अनुगमन टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक ढुंगानाले बताए ।

त्यस्तै, बिर्तामोडका छवटा होटल सन्तोषजनक रहेको अनुगमनका क्रममा पाइएको थियो । उनीहरुले वान स्टारको लोगो पाएका छन् । वान स्टार लोगो पाउनेमा संगम स्वीट्स, श्याम मिष्ठान्न भण्डार, क्वालिटी स्वीटस् एण्ड फास्टफुड, होटल हिकोला हेरिटेज, होटल डेनियल र ओसियन होटल रहेका छन् ।

अनुगमन टोलीले अनुगमन गरेका ११ वटा होटलमा पहेंको स्टिकर टाँसेको छ । यस्ता होटल खाद्यान्न तथा सरसफाइका दृष्टिकोणले कमजोर रहेको बताइएको छ जसमा होटल रेडमग, गाउँले, खाजाघर, नटराज मिष्ठान्न भण्डार, फेमेली होटल, आशीर्वाद फ्रेण्ड्स क्याफे, ममता मिष्ठान्न भण्डार, आँगन स्वीटस्, मुनटावर, दाजुभाइ होटल, पाथीभरा स्वीटस् र तिरुपती होटालमा पहेँलो लोगो टाँस गरिएको छ ।
रासस

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.