विराटनगर, चैत ४
म्यान्चेष्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राइटनलाई २–० ले हराउँदै म्यानचेष्टर युनाइटेड प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको हो ।
म्यान यू लाई जिताउन रामेलु लुकाकु र निमाञ्जा म्याटिकले गोल गरे । यससँगै लुकाकुले च्याम्पियन्स लिगका ११ खेलमा १२ गोल गरेका छन् । च्याम्यिन्स लिगबाट बाहिरिएको म्यान यू को यो जितले एफ ए कपको उपाधि जित्नसक्ने आशा कायमै राखेको छ ।
खेलको पहिलो हाफमा लुकाकुले निमाञ्जा म्याटिकको क्रस सदुपयाग गर्दै हेडमार्फत गोल गरेका थिए । खेलको अन्त्यतिर एस्ले योङको फ्रिकिक सदुपयोग गरी म्याटिकले विजयी गोल गरेका थिए ।
गएराति भएको खेलको नतिजापछि युनाइटेडले जारी सिजनको एफए कपमा एक गोल पनि नखाएको कीर्तिमान पनि ११ खेलसम्म कायम राखेको छ ।
ब्राइटनले दोस्रो हाफमा गोलका धेरै अवसरहरु खेर फालेको थियो । तर, अन्त्यतिर म्याटिकले गोल गरेपछि ब्राइटनको एफए कप यात्रा यस सिजनका लागि सकियो ।
त्यसैगरि स्वान्सी सिटीलाई ३–० ले हराउँदै टोटनह्याम पनि एफ ए कपको सेमिफाइनलमा पुगेको छ । टोटनह्यामको जितमा एरिक्सनले दुई तथा लामेलाले एक गोल गरे ।