कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन

कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन

२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार विहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उपाध्यायको निधन भएको जानकारी दिए । उपाध्याय रूपन्देहीका हुन्। उनले यसअघि रूपन्देहीमा क्षेत्रीय सभापति रहेर काम गरेका थिए ।

कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले उपाध्यायको निधनले मर्माहत बनाएको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.