१२ फागुन, एजेन्सी । मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन्। सोमबार प्रधानमन्त्री महाथिरले राजासमक्ष राजीनामा पत्र बुझाएको उनको सचिवालयले जनाएको छ ।
उनले नेतृत्व गरेको सरकारमाथि प्रश्न उठ्न थालेपछि उनले राजीनामा बुझाएका हुन् । यसबारे सत्तापक्ष र विपक्षी दल बीचको एक हप्ते वार्तामा नयाँ सरकार गठन गर्ने निर्णय गरेको रोयटर्सले जनाएको छ । नयाँ सरकार गठनका लागि मार्ग प्रस्थत गर्न भन्दै उनले राजीनामा पत्र बुझाएका हुन् ।
महाथिरले अब फेरि अर्को पार्टीसँग मिलेर सरकार बनाउने/नबनाउने टुंगो भएको मलेसियाका गृहमन्त्री मुह्यीद्दिन यास्सिनले फेसबुकमा लेखेका छन् । साथै, उनको पार्टी बेर्साटुले पनि गठबन्धनको सरकार छोडेको बताएको छ ।
