१७ फागुन, एजेन्सी ।
मंगोलियाका राष्ट्रपति बट्टुल्गा खल्तमालाई क्वारेन्टाइनमा राखिएको छ ।
हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि गरि नसकेको मंगोलियाले सुरक्षाका हिसाबले शुक्रबार चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेको हो ।
चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिसहित अन्यलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने मंगोलियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । मंगोलियाका राष्ट्रपति बट्टुल्गा खल्तमा, शुक्रबार चीन भ्रमणबाट फर्किएका उनलाई सुरक्षाका हिसाबले १४ दिन क्वारेन्टाइनमा राखिएको छ ।
कोभिड–१९ को संक्रमण देखिएपछि चीन भ्रमण गर्ने खल्तमा पहिलो राष्ट्रप्रमुख हुन् । उनी बिहीबार विदेशमन्त्री सोगबटार दामदिन र वरिष्ठ सरकारी अधिकारीहरुसँग चीन भ्रमणमा आएका थिए।
राष्ट्रपति खल्तमाले चिनियाँ समकक्षी सी चिनफिङ तथा प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गरेका थिए।