१९ फागुन, काठमाडौँ ।
चीनबाट नेपाल ल्याई भुक्तपुर क्वारेन्टाइनमा राखिएका नेपालीहरु घर फर्किएका छन् । फागुन १४ गते चीनको युआनबाट उद्धार गरी नेपाल ल्याई भक्तपुरको खरीपाटीमा राखिएका १ सय ७५ जना नेपालीहरुमा कोरोना भाइरस नेगेटिभ देखिएपछि सोमबार घर फर्किएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले क्वारेन्टाइनमा रहेका सबैको कोरोना परिक्षण गरिएको र त्यस सम्बन्धी कुनै संक्रमण नदेखिएको पाइएकाले सबैलाई घर पठाईको बताए । चीनबाट फर्किएका नेपालीहरुको उपचारमा खटिएका ७ जना स्वास्थ्यकर्मीहरुमा पनि कोरोना भाइरस नेगेटिभ देखिएको छ ।
त्यस्तै क्वारेन्टाइनमा रहेका अन्य कर्मचारी ७ जनाको कोरोना परीक्षण पनि नेगेटिभ आएपछि उनिहरुपनि घर फर्किएका छन् । त्यस्तै चालक दलका १८ जना सदस्यहरुमा पनि कोरोना नेगेटिभ देखिएपछि घर फर्किएका छन् ।