२५ फागुन, एजेन्सी ।
चीनमा कोरोना भाइरस (कोभिड १९) संक्रमित राखिएको होटल भत्केर फसेकामध्ये ४७ जनाको उद्धार गरिएको छ ।
चीनको फुजियान प्रान्तको क्वान्झाउ सहरमा क्वारेन्टानइन भवनको रुपमा विकास गरिएको पाँचतले सिन्जा होटल भत्किँदा ७० जना फसेका थिए।
२२ जनालाई उद्धारको प्रयास गरिँदै छ। सन् २०१८ सालमा खुलेको उक्त होटल स्थानीय समयअनुसार शनिबार १९ बजेर ३० मिनेटमा भत्केको थियो। सरकारी सञ्चारमाध्यमका अनुसार अन्य फसेका मानिसहरुको उद्धार कार्य जारी छ।
होटल भत्केर कुनै मानवीय क्षति नभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। दुईवर्ष अघि मात्रै खुलेको होटल भत्किनुको कारण खुलेको छैन। होटलमा ८० गेस्ट रुम थिए।