३० फागुन, काठमाडौं । सुनको भाउ शुक्रबार एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेर प्रतितोला ७८ हजार पाँच सय पुगेको छ । बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी तोलामा ४० रुपैयाँ घटेर तोलाको आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
कोरोना भाइरसका कारण अन्तर्रा्ष्ट्रिय बजारमा शेयर कारोबार खस्किएसँगै सुनचाँदीको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ एकैदिन तोलामा तीन हजारले घट्यो
३० फाल्गुन २०७६
भर्खरको समाचार