×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

कोरोनाको निशानामा युरोप, विश्वभर एक लाख ७९ हजार ११२ जनामा संक्रमण

५ चैत्र २०७६

५ चैत्र, एजेन्सी ।
गएको डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस विश्वव्यापी महामारीका रुपमा फैलिएसंगै पछिल्लो समय युरोपमा तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो समय चीनमा नयाँ संक्रमण लगभग शून्य जस्तै भएको छ ।

तर युरोपको इटाली र स्पेनमा भने महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर एक लाख ७९ हजार ११२ जनामा संक्रमण पुष्टि भएका छ । त्यसमध्ये पछिल्लो २४ घण्टामा ११ हजार ५२६ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै विश्वभर हालसम्म ७ हजार ४ सय २६ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु हो । क्षेत्रगत हिसाबमा हेर्दा पश्चिमी प्यासिफिक क्षेत्रमा हालसम्म ९१ हजार ७७९ जनामा संक्रमण पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा २८९ जनामा नयाँ संक्रमण देखिएको डब्लुएचओले जनाएको छ ।

सो क्षेत्रमा हालसम्म तीन हजार ३५७ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको हो । यस्तै हाल विश्वव्यापी महामारीको इपिसेन्टरका रुपमा रहेको युरोपेली क्षेत्रमा अहिलेसम्म ६४ हजार १८९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा युरोपेली क्षेत्रमा ८ हजार ५०७ जनामा नयाँ संक्रमण देखिएको हो ।

युरोपमा अहिलेसम्म तीन हजार १०८ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या ४२८ रहेको छ ।
डब्लुएचओले सावधानी अपनाउन सचेत गराएको दक्षिण पूर्वी एसियामा अहिलेसम्म ५०८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यो क्षेत्रमा पछिल्लो २४ घण्टामा १२४ जना नयाँ संक्रमित भेटिएका छन् । यस्तै कुल ९ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा दुईजनाको ज्यान गएको हो ।

पूर्वी भूमध्यसागरमा अहिलेसम्म १६ हजार ७८६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पछिल्लो २४ घण्टामा ३३० जना संक्रमित थपिएका हुन् । यस्तै यो क्षेत्रमा हालसम्म ८७३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या तीन रहेको डब्लुएचओले उल्लेख गरेको छ ।

अमेरिकी क्षेत्रमा हालसम्म चार हजार ९१० जनामा संक्रमण पुष्टि भएको मध्ये पछिल्लो २४ घण्टामा २२ सय ३४ जना संक्रमित थपिएका हुन् । यस्तै यो क्षेत्रमा कुल ६८ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या १८ रहेको छ ।

अफ्रिकी क्षेत्रमा भने हालसम्म सबैभन्दा कम २२८ जनामा संक्रमण पुष्टि भएको छ । तर पछिल्लो २४ घण्टामा ४२ जना नयाँ संक्रमित भेटिएका हुन् । यस्तै यो क्षेत्रमा कुल चारजनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यो क्षेत्रमा मृत्यु हुनेको संख्या एक रहेको डब्लुएचओले उल्लेख गरेको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top