६ चैत, एजेन्सी । आगामी शुक्रबारदेखि अस्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अस्ट्रेलिन प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि प्रतिबन्ध लागू हुने जनाएका छन् ।
कोरोना संक्रमणबाट अस्ट्रेलियामा ६ जनाको मृत्यु भइसकेको छ । यस्तै, बिहिबारको तथ्यांक अनुसार ६३६ व्यक्तिमा संक्रमण देखिएको छ ।
