१९ चैत, काठमाडौं ।
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स अस्ट्रेलिया र न्युजिल्यान्डका यात्रु लिएर अस्ट्रेलियाको ब्रिस्बेन शहरका लागि उडेको छ । काठमाडौंबाट साँझ ६ बजे उडेको यो जहाज मलेसियाको क्वाललम्पुरमा इन्धन भर्न अवतरण गर्ने र त्यहाँबाट ब्रिस्बेनतर्फ लाग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।
लकडाउनका कारण अलपत्र २५७ जना यात्रु रहेको जहाजमा ६ जना चालकसहित कुल २४ जनाको सञ्चालन टोली छन् । यो जहाज बिहिवार बेलुका १० : ५५ मा काठमाडौं अवतरण गर्ने नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दीपु ज्वार्चनले जानकारी दिएका छन् ।
अस्ट्रेलियाली सरकारले यो उडानको व्यवस्थापन मिलाएको हो । अस्ट्रेलियामा पहिलोपटक नेपाली जहाज ओर्लन लागेको हो । अस्ट्रेलियाबाट भने जहाज रित्तै आउँदैछ ।