२८ चैत, बिराटनगर ।
सरकारले घोषणा गरेको लकडाउनको पूर्ण कार्यान्वयन गराउन मोरङ प्रहरी कडा रुपमा प्रस्तुत भएको छ । कोरोना रोकथाम गर्ने उद्धेश्यले सरकारले गरेको लकडाउनलाई कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय मोरङले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
लकडाउन उल्लघंनको घटना बढेपछि मोरङ प्रहरीले लकडाउनलाई थप कडा गरेको हो । गस्तिमा रहेको मोरङ प्रहरीले , लकडाउन उल्लघंन गर्नेलाई ठाँउको ठाँउ कार्वाही गर्ने भन्दै माइकिङ गरेको छ । शुक्रबार साँझबाट प्रहरीले सर्वसाधरणलाई सडकमा निस्कन दिएको छैन । शुक्रबार साँझबाट प्रहरीले ,मोरङ जिल्ला भरि अनावश्यक बाटोमा निस्किएका सवारी साधनलाई नियन्त्रणमा लिदैँ ठाँउको ठाँउ कार्वाही प्रक्रिया अगाडि बढाएको छ ।
शुक्रबार मात्रै लकडाउनको उलंघन गर्ने २५७ जान मानिस तथा २०७ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।
पक्राउ गरिएका सवारी साधनलाई लकडाउन समाप्त भएपछि मात्र छाडिने उनले बताए । मोरङ प्रहरीले लकडाउनको पालना गर्न सबैमा अनुरोध समेत गरेको छ ।