११ वैशाख, काठमाडौं ।
सरकारले घोषणा गरेको लक डाउनको विहीबार एक महिना पुरा भएको छ ।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट सुरु हुनेगरी गरि जारी गरिएको लक डाउनको समय पटक पटकथपभएर बैशाख १५ गतेसम्म पु¥याइएको छ ।
लक डाउनमा अत्यावश्यक र पासबाहक सवारी बाहेक अन्य साधनहरु सञ्चालनभएका छैनन् । अत्यावश्यककामबाहेक बाहिर हिडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय होल्ड गर्ने नीतिलिएको छ । ठाउँ ठाउँमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।
लक डाउनको समयमापनि उपत्यका छाडेर बाहिरिनेको संख्यामाभने कमिआउन सकेको छैन् । सवारी साधनबन्दभएपनि हिडैरै गन्तव्यजानेहरुको संख्याअत्याधिक रहेको छ । उपत्यकाका भिडभाड हुने ठाउँहरु सुनसान रहेपनिभित्रिगल्लिहरुमा केहीखाद्यन्नपसल र तरकारी पसलहरु भने बिहान बेलुका खुल्ने गरेका छन् ।
लक डाउनले दैनिकज्यालादारी गर्ने मजदुरहरुलाई समस्याभएको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म नेपालमा ४५ जनामाकोरोना संक्रमण देखिएको छ । ७जनाउपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ सबैभन्दा बढी प्रभावितभएको छ ।