×

NEPAL TIMES UPDATES

Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026

किम जोन उनलाई सल्लाह प्रदान गर्न चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली उत्तर कोरिया पठायो

१४ बैशाख २०७७

१४ वैशाख, एजेन्सी ।
चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली उत्तर कोरिया पठाएको छ ।

उत्तर कोरियाका नेता किम जोन उनलाई सल्लाह प्रदान गर्नका लागि चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली पठाएको अवस्थासँग जानकार तीन व्यक्तिलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

उत्तर कोरियाका नेता किमको स्वास्थ्य अवस्थाका सम्बन्धमा विवादास्पद खबरहरु आइरहेका बेला डाक्टरसहित चिनियाँ अधिकारीहरुको यात्रा तय भएको हो । चिनियाँ अधिकारीको यात्राको अर्थ किमको स्वास्थ्य अवस्थामा के राख्छ भन्ने तत्काल पुष्टि गर्न नसकिएको रोयटर्सले जनाएको छ।

भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको उत्तर कोरिया हेर्ने अन्तर्राष्ट्रिय कमिटिका उच्च अधिकारी छन् । उनीहरु बिहीबार बेइजिङ्गबाट उत्तर कोरिया गएका हुन् । विषयको गाम्भीर्यताले स्रोतले पहिचान खुलाउन नमानेको रोयटर्सको भनाई छ । चीनको विदेश मन्त्रालयले पनि यस सम्बन्धमा तत्काल टिप्पणी गर्न अस्वीकार गरेको छ ।

गएको सोमबार दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था वा उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन । किम केही समयदेखि सार्वजनिक रुपमा देखिएका छैनन् ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुरा खारेज गरेका छन् ।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी तेस्रो पुस्ताका शासक हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाका नेता किम जोन उन गम्भीर बिरामी परेको भन्ने कुरा आफूलाई सत्य नलागेको बताएका थिए ।

दक्षिण कोरिया र चीनका अधिकारीले नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनी जीवनसँग संघर्ष गरिरहेको भनेर आएका खबर खारेज गर्दै आफूहरुले उत्तर कोरियामा कुनै पनि प्रकारको असामान्य गतिविधि नदेखेको बताउँदै आएका छन् ।

दक्षिण कोरियाको गुप्तचर निकायको स्रोतले शुक्रबार किम जीवितै रहेको र केही दिनमा उनी सार्वजनिक हुने तयारी भइरहेको बताएको रोयटर्सले जनाएको छ । तर ती अधिकारीले किमको अहिलेको अवस्था र चीनको संलग्नताबारे केही टिप्पणी गर्न चाहेनन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top