NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति

आइतवार बैशाख १४ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ वैशाख, काठमाडौं ।
नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ।

स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, रेञ्जर यामबहादुर रावत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, कोषका संरक्षण अधिकृत सन्तोष भट्टराई सम्मिलित टोलीले उक्त सर्पको पहिचान गरेको हो।

विश्वमा जम्मा १० प्रजातिका लहरे सर्प पाइन्छन्। उक्त सर्प शुरुमा रेञ्जर रावतले फेला पारेका थिए । पछि उक्त टोलीले सर्पको नयाँ प्रजाति पुष्टि गरेको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख लक्ष्मणप्रसाद पौडेलले दुई वर्षदेखि सरिसृप र उभयचरको अध्ययनका क्रममा यसरी नयाँ प्रजातिको सर्प फेला परेको जानकारी दिए।

Advertisement

उक्त प्रजाति नेपालबाहेक भारतमा मात्र फेला परेको छ। उनका अनुसार शुल्लाफाँटाका लागि योसहित ११ सर्प, चार भ्यागुता, एक कछुवा, एक छेपारो र एक भालेमुङ्ग्रो नयाँ फेला परेको छ।

यो प्रजाति सन् २०१९ मा विश्वमै पहिलो पटक भारतको उडिसा र राजस्थानमा फेला परेको थियो। दोस्रो पटक भारतकै गुजरात भेटिएको थियो। लहरे सर्प लौकाको सुकेको डाँठ जस्तो देखिने र भारतको उडिसामा लौकालाई स्थानीय भाषामा लौडङ्का भन्ने गरेकाले सर्पको वैज्ञानिक नाम अहेतुल्ला लौडाँकिया भनेर नामकरण गरिएको छ।

नेपालमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फेला परेको यो प्रजाति पुनः बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि भेटिएको थियो। पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जको पटना ताल र लामीताल क्षेत्रमा समेत फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन, सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए।

दिउँसोमा सक्रिय हुने, रुख लहरा तथा अग्ला खर घारीमा बस्ने र सुकेको लहराको डाँठ जस्तो शरीरको रङ खैरो हुने भएकाले यो सर्प सजिलै ठम्याउन गाह्रो हुने भट्टराईको भनाइ छ।

लहरे सर्प अहिलेसम्म तराईका तीन राष्ट्रिय निकुञ्जमा पाँच वटा मात्र भेटिएको छन्। स्थानीयवासीले यसलाई सुगा सर्प वा उडुवा सर्प आदि नामले चिन्छन्। सर्पमा मध्यम खालको विष भए पनि टोकाइबाट मानिसको ज्यान जाने अवस्था नरहने जनाइएको छ।

हरियो लहरे सर्प पाइने गरेकामा खैरो लहरे सर्प नेपालका लागि नयाँ भएको र योसहित नेपालमा दुई प्रजातिको उक्त सर्प भेटिएको सर्प विज्ञ करण शाहले जानकारी दिए। यसअघि फेला परेको सर्प हरियो र मुख चुच्चो हुने हुँदा यसलाई सुगा सर्प भन्ने गरिएको हो।

सुक्खा वासस्थान तथा खरबारी, खोला, पोखरी किनारका काँस घारी तथा चुरे क्षेत्रको जङ्गलमा यो प्रजातिको वासस्थान हुन सक्ने जनाइएको छ। नेपालको अन्य जिल्लामा समेत पाउन सक्ने सम्भावना रहेको संरक्षणकर्मी बताउँछन्।

फेला परेका पाँच सङ्ख्यामध्ये एउटा स्थानीयले मारेको नमूना फेला परेको थियो। यसको वासस्थान खरघारी भएकाले निकुञ्जको खरघारी, घाँसे मैदान आगो लगाएर व्यवस्थापन गर्ने समयमा अन्य क्षेत्रमा यसको अवस्था पत्ता लगाउन सके प्रजाति संरक्षण कार्यक्रम प्रभावकारी छ।

जैविक विविधताका दृष्टिले नयाँ प्रजाति देशका लागि अमूल्य सम्पत्ति हुन्। संरक्षणको प्राथमिकतामा नपरेका सर्प प्रजातिको अध्ययन अनुसन्धान बढाउनु जरुरी रहने सर्प विज्ञको भनाइ छ। हालै भेटिएको लहरे सर्पसहित नेपालमा ८३ प्रजातिका सर्प फेला परेका छन्।

जसमध्ये १७ वटा सर्पले बढी विषालु हुने हुनाले त्यसले टोकेमा मानिसको ज्यान जान सक्छ। विषालु सर्प करेत कोब्राको अगाडि दाँत हुन्छ। यसको पछाडि दाँत हुने भएकाले अलि कम विषालुमा पर्ने सर्प विज्ञ शाहको भनाइ छ। उनका अनुसार यो तराईमा पाइने सर्प हो।

गर्मी मौसम शुरु भएकाले घर वरिपरि सरसफाइ गरेमा विषालु सर्पको टोकाइबाट जोगिन सकिने विज्ञहरुले बताएका छन्। उक्त नयाँ प्रजातिको सर्पबारे आज मात्रै अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन भएको छ।(रासस)

लोकप्रीय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे
अन्तर्राष्ट्रिय

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.