२१ बैशाख,काठमाडौं ।
पछिल्लो दुई दिनमा करिब दश लाख व्यक्तिले चीनको सांघाइ शहरको भ्रमण गरेका छन् । चिनियाँ समाचार संस्था सिन्हवाका अनुसार मई दिवसको अवसर पारेर शुक्रबार र शनिबार गरी दशलाख व्यक्तिले सांघाइ शहरको भ्रमण गरेका हुन् ।
शुक्रबार चार लाख ५६ हजार र शनिबार छ लाख ३३ हजारले से सहरको भ्रमण गरेको जनाईएको छ । सीएनएनका अनुसार भ्रमणकारीले सांघाइको १३० पर्यटकीय स्थलको अवलोकन गरेका छन् ।
सांघाईस्थित संस्कृति र पर्यटन विभागले प्रमुख पर्यटकीय स्थलहरुको भ्रमण खुला गरेपछि भ्रमणकारीको संख्यामा उल्लेख्य वृद्धि भएको हो । कोरोनाभाइरसको संक्रमणको उद्गमस्थल चीनमा पछिल्लो तीन महिना यता विभिन्न शहरहरु आंशिक रुपमा मात्रै खुला रहेको छ ।