आजका प्रमुख खबरहरुः
१.(दोहोरो अंकमा संक्रमित)
आइतबार एकै दिन नेपालमा १० जना नयाँ कोरोना संक्रमित थपिए/ नेपालगञ्जमा ९ र पर्सामा १ जनामा पोजेटिभ देखिसंगै संक्रमितको संख्या ६९ पुग्यो /१५ जना उपचारपछि निको भएर घर फर्किए।
२.(७७ जना संभावित)
आइतबारसम्म १३ हजार ४ सय १४ पिसिआर र ४९ हजार ६ सय ८८ वटा आरडिटी परीक्षण/ देशभरी २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा /७७ जना सम्भावित संक्रमित आइसोलेसनमा ।
३.(यो कस्तो परीक्षण ?)
एक साता अघिमात्र निको भएर घर फर्किएका रौतहटका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि पुनः नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना/ थप परीक्षण गर्नुपरेकाले आइसोलेसनमा ल्याइएको अस्पतालको भनाई ।
४.(गैरआवसीयको पिडा)
कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुग्यो /नेपालबाहेक विश्वभर पाँच हजार २ सय ४७ गैरआवासीय नेपाली संक्रमित /एक हजार ५ सय ७० जना संक्रमणमुक्त ।
५.(लकडाउन खेर नजाओस्)
लकडाउनको ४१ औं दिन पूरा / केही ठाँउमा पालना भएपनि केही ठाँउमा उल्लंघन / सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी लकडाउनलाई खुकुलो बनाउने सरकारको तयारी ।
६.(आफन्तको चिन्ता)
भारतमा मजदुरी गर्न गएका श्रीमान् तथा छोराहरू अलपत्र परेको भन्दै दुई सय बढी महिलाद्वारा कञ्चनपुरको महाकाली नगरपालिका घेराउ / लकडाउनका कारण अलपत्र आफ्ना परिवारलाई फिर्ता ल्याइदिन माग ।
७.(भर्ना मिति )
वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई /सामुदायिक विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन ।
८.(बजेट अधिवेशन आह्वान)
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को बजेट अधिवेशन यही वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि आह्वान / कोरोनाको महामारीका कारण यसपटक विगतका वर्षहरुमा जति प्रिबजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल नहुने ।
९.(नेविसंघको पहल)
अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग नेविसंघको माग / निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा नेटवर्कमा असर पार्ने भन्दै न्यूनतम शुल्कमा उपलब्ध गराउने टेलिकमको जवाफ ।
१०.(लकडाउनमा हत्या कसरी ?)
मुलुक लकडाउनमा रहेका बेला समेत कैलालीमा एनप्याव्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको हत्या भएको भन्दै स्थानीयको विरोध /पोष्टमार्टम रिपोर्ट सार्वजनिक, हत्यारालाई पत्ता लगाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयद्वारा विरोध ।
११.(अंकुशित स्वतन्त्रता)
आज विश्व प्रेस स्वतन्त्रता दिवस ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाइयो /नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा सुधार नआएको पत्रकार महासंघको भनाइ/ दिवसकै अवसरमा दक्षिण एसियाको प्रेस स्वतन्त्रता अवस्थाबारेको प्रतिवेदन सार्वजनिक ।
१२.(अनिर्वाय डिसइन्फेक्सन)
काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमा / भारतबाट आएका मालबाहक सवारी अनिर्वाय डिसइन्फेक्सन गरेर मात्रै उपत्यका प्रवेश गर्न सक्ने ।
१३.(योगेशको आश्वासन)
ताप्लेजुङका आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकारले पहल गर्ने पर्यटनमन्त्री योगेश भट्टराईको आश्वासन /स्थानीयस्तरबाट जुट्ने राहतका लागि प्रयास भइरहेको प्रशासनको भनाई ।
१४.(बजेटबाट आशा)
साना तथा मझौला उद्योग र असंगठित क्षेत्रका मजदुरलाई सम्बोधन गर्ने गरी बजेट आउनुपर्नेमा सांसदहरुको जोड / लकडाउनपछि नेपाल भित्रिने नेपालीलाई रोजगारीको ब्यवस्थापन तर्फ ध्यान दिन आग्रह ।
र,
१५.(भय बढेको बढै)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म २ लाख ४५ हजार बढीको मृत्यु / संक्रमितको संख्या ३५ लाख नाघ्यो / ११ लाख २८ हजार बढी निको भएर घर फर्किए ।