×

NEPAL TIMES UPDATES

Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

२४ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(थपिए संक्रमित,बनायो चिन्तित)
बुधबार पर्साका १७ जनामा कोरोना संक्रमण पुष्टिभएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुग्यो /२ महिने शिशुदेखि ६६ वर्षे संक्रमित /उपचारपछि घर फर्किएका ३ जना पुन संक्रमित ।

Advertisement

२.(कोरोना अपडेट)
अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ र आरडिटीबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण /देशभर १ सय ३६ जना आइसोलेसनमा /१९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा ।

३.(जमाती डिस्चार्ज)
विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि उपचाररत ६ जना भारतीय जमाती डिस्चार्ज /डिस्चार्ज हुने सवैलाई विराटनगर १५ रानीस्थित रानी क्वारेन्टाइनमा लगेर राखियो ।

४.(दीप प्रज्वलन गरौं)
जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय /अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द / बुद्ध जयन्तीका अवसरमा बिहीबार साँझ दीप प्रज्वलन गर्न सवैलाई सरकारको आग्रह ।

५.(सांसदहरुको सुझाव)
विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउनु अघि स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुको सरकारसँग माग /विदेशमा रहेका र सिमामा अलपत्र नेपाली नागरिकहरुलाई नेपाल आउन दिनुपर्नेमा सांसद्हरुको जोड ।

६.(नेपालीमा भय)
बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएसँगै संक्रमित नेपालीहरूको संख्या २ सय ४५ पुग्यो /कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको नेपाली दुतावासको भनाई ।

७.(किचलो बढ्दै)
नेकपाको स्थायी कमिटीको बैठकका एजेन्डाबारे दुई अध्यक्षबीच कुरा नमिलेपछि बिहीबारका लागि तय भएको स्थायी कमिटी बैठक अनिश्चित / स्थायी कमिटिको विषय दुई अध्यक्षबीचको छलफलपछि टुंगिने ।

८.(सुविधा माग्दै उद्योगी)
आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम र बजेट सम्बन्धमा निजी क्षेत्रसँग नेपाली कांग्रेसको छलफल /लकडाउनको विकल्प खोजिनुपर्ने, उद्योग कलकारखाना सञ्चालन गर्न दिनुपर्ने, बैंक ब्याजदर घटाउनुपर्ने विषयमा दबाब दिन कांग्रेसलाई सुझाव ।

९.(विकासलाई प्राथमिता)
लक डाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुदै /निर्माण सामग्री ढुवानीका लागि निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता पुरा गर्न सात दिने पास उपलब्ध ।

१०.(तातोपानी तातियो)
चीनबाट ल्याइएका सामानबाट कोरोनाभाइरस संक्रमण भित्रन सक्ने भन्दै सिन्धुपाल्चोक तातोपानी नाका क्षेत्रका बासिन्दाको विरोध /नाका खुलाउनेबारे केन्द्र सरकारले निर्णय गरेकोले अवरोध गर्न नमिल्ने प्रशासनको भनाई ।

११.(संस्कृत पढ्नुपर्ने)
अब विद्यालय तहमा यसै शैक्षिक सत्रबाट पुनः संस्कृत अध्यापन गराउने तयारी /नेपाली भाषाको जननी संस्कृत भाषा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको पाठ्यक्रम विकास केन्द्रको भनाई ।

१२.(विदेशीको उद्धार)
दक्षिण कोरियाबाट विदामा आएका नेपाली कामदारलाई जहाज चार्टर्ड गरेर कोरिया पठाइने /वैशाख ३० गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले दक्षिण कोरियाका लागि चार्टर्ड उडान भर्ने ।

१३.(एनएसीको सेवा)
नेपाल एयरलाइन्सको चार्टर्ड विमान नेपालमा अलपत्र २ सय ८१ यात्रु बोकेर अष्टे्रलियाको सिड्नी उड्यो /अर्को कार्गो विमान निजी व्यवसायीको स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ उड्यो ।

१४.(वित्तिय उत्तरदायित्वका कुरा)
वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने महालेखा नियन्त्रक गोपिनाथ मैनालीको भनाई /कोरोना कोषमा जम्मा भएको रकम अहिले सम्म निकासा नगरिएको र ट्रेजरीबाट व्यवस्थापन गरिरहेको जानकारी ।

Advertisement

र,
१५.(विश्वभरको आँकडा)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म २ लाख ५९ हजारको मृत्यु/३७ लाख ४६ हजार बढी संक्रमित /१२ लाख ५० हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top