आजका प्रमुख खबरहरुः
१.(थपिए संक्रमित,बनायो चिन्तित)
बुधबार पर्साका १७ जनामा कोरोना संक्रमण पुष्टिभएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुग्यो /२ महिने शिशुदेखि ६६ वर्षे संक्रमित /उपचारपछि घर फर्किएका ३ जना पुन संक्रमित ।
२.(कोरोना अपडेट)
अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ र आरडिटीबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण /देशभर १ सय ३६ जना आइसोलेसनमा /१९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा ।
३.(जमाती डिस्चार्ज)
विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि उपचाररत ६ जना भारतीय जमाती डिस्चार्ज /डिस्चार्ज हुने सवैलाई विराटनगर १५ रानीस्थित रानी क्वारेन्टाइनमा लगेर राखियो ।
४.(दीप प्रज्वलन गरौं)
जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय /अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द / बुद्ध जयन्तीका अवसरमा बिहीबार साँझ दीप प्रज्वलन गर्न सवैलाई सरकारको आग्रह ।
५.(सांसदहरुको सुझाव)
विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउनु अघि स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुको सरकारसँग माग /विदेशमा रहेका र सिमामा अलपत्र नेपाली नागरिकहरुलाई नेपाल आउन दिनुपर्नेमा सांसद्हरुको जोड ।
६.(नेपालीमा भय)
बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएसँगै संक्रमित नेपालीहरूको संख्या २ सय ४५ पुग्यो /कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको नेपाली दुतावासको भनाई ।
७.(किचलो बढ्दै)
नेकपाको स्थायी कमिटीको बैठकका एजेन्डाबारे दुई अध्यक्षबीच कुरा नमिलेपछि बिहीबारका लागि तय भएको स्थायी कमिटी बैठक अनिश्चित / स्थायी कमिटिको विषय दुई अध्यक्षबीचको छलफलपछि टुंगिने ।
८.(सुविधा माग्दै उद्योगी)
आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम र बजेट सम्बन्धमा निजी क्षेत्रसँग नेपाली कांग्रेसको छलफल /लकडाउनको विकल्प खोजिनुपर्ने, उद्योग कलकारखाना सञ्चालन गर्न दिनुपर्ने, बैंक ब्याजदर घटाउनुपर्ने विषयमा दबाब दिन कांग्रेसलाई सुझाव ।
९.(विकासलाई प्राथमिता)
लक डाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुदै /निर्माण सामग्री ढुवानीका लागि निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता पुरा गर्न सात दिने पास उपलब्ध ।
१०.(तातोपानी तातियो)
चीनबाट ल्याइएका सामानबाट कोरोनाभाइरस संक्रमण भित्रन सक्ने भन्दै सिन्धुपाल्चोक तातोपानी नाका क्षेत्रका बासिन्दाको विरोध /नाका खुलाउनेबारे केन्द्र सरकारले निर्णय गरेकोले अवरोध गर्न नमिल्ने प्रशासनको भनाई ।
११.(संस्कृत पढ्नुपर्ने)
अब विद्यालय तहमा यसै शैक्षिक सत्रबाट पुनः संस्कृत अध्यापन गराउने तयारी /नेपाली भाषाको जननी संस्कृत भाषा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको पाठ्यक्रम विकास केन्द्रको भनाई ।
१२.(विदेशीको उद्धार)
दक्षिण कोरियाबाट विदामा आएका नेपाली कामदारलाई जहाज चार्टर्ड गरेर कोरिया पठाइने /वैशाख ३० गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले दक्षिण कोरियाका लागि चार्टर्ड उडान भर्ने ।
१३.(एनएसीको सेवा)
नेपाल एयरलाइन्सको चार्टर्ड विमान नेपालमा अलपत्र २ सय ८१ यात्रु बोकेर अष्टे्रलियाको सिड्नी उड्यो /अर्को कार्गो विमान निजी व्यवसायीको स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ उड्यो ।
१४.(वित्तिय उत्तरदायित्वका कुरा)
वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने महालेखा नियन्त्रक गोपिनाथ मैनालीको भनाई /कोरोना कोषमा जम्मा भएको रकम अहिले सम्म निकासा नगरिएको र ट्रेजरीबाट व्यवस्थापन गरिरहेको जानकारी ।
र,
१५.(विश्वभरको आँकडा)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म २ लाख ५९ हजारको मृत्यु/३७ लाख ४६ हजार बढी संक्रमित /१२ लाख ५० हजार बढी निको भएर घर फर्किए ।