दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(थपिएनन् संक्रमित)
पछिल्लो २४ घण्टामा साढे १४ सय कोरोना भाइरसको नमुना परीक्षण हुँदा कुनै नयाँ संक्रमण देखिएन /नेपालमा हाल ९९ जना संक्रमित / देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा /१३३ जना सम्भावित संक्रमित आइसोलेसनमा ।

२.(कट्यो ४५ औ दिन)
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ४५ औं दिन/ सहरका भित्रि सडकमा भने केही तरकारी एवं खाद्य पसलहरु खुल्ला ।

३.(सांसदको परीक्षण)
शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण पीसीआर प्रविधिबाट सुरु /संसद बैठक स्थलमा सांसदहरु बीचको दुरी पनि कायम गरिने ।

४.(किचलोको कुरा)
आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटि बैठक स्थगित भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रतिक्रिया /दुई अध्यक्षबीचको छलफल सकिएपछि २ दिनभित्र बैठक बोलाउने तयारी ।

५.(बुद्ध जयन्तीमा दिपावली)
आज वैशाख पूर्णिमा अर्थात २५६४ औं बुद्ध जयन्ती /बुद्ध जयन्ती र कोरोनाविरुद्ध अग्रस्थानमा रहेर काम गरिरहेकाहरुको सम्मानमा आज साँझ देशभर दिपावली गरियो/किराँत राई समुदायले घरैमा मनाए उभौली पर्व ।

६.(अनलाइनमा अड्को)
अनलाइन शिक्षाका नाममा आधारभूत तहका लाखौं बालबालिकालाई मानसिक दबाबमा नपार्न शिक्षा मन्त्रालय र विद्यालय सञ्चालकहरूलाई राष्ट्रिय मानव अधिकार आयोगको आह्वान/सवारी साधनमा भइरहेको अव्यवस्थित आवतजावत रोक्न आग्रह ।

७.(खबरदार रोजगार खोसिएला)
कुनैपनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने पर्यटनमन्त्री योगेश भट्टराईको भनाइृ / मन्त्रालयले विना धितो सहुलियत दरको कर्जा उपलब्ध गराउने/ भ्याट तथा ट्याक्समा छुट दिई सहयोग गर्ने ।

८.(नीतिको मिति)
आगामी वर्षको नीति तथा कार्यक्रम प्रिबजेट छलफल सुरु गर्ने सरकारको तयारी /संसद् सचिवालयद्वारा जेठ २ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने कार्यसूची सार्वजनिक ।

९.(उद्योगीलाई नि राहत ?)
लकडाउनको कारण बन्द हुने अवस्थामा पुगेका उद्योग प्रतिष्ठानहरुलाई सञ्चालन गर्न सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने उद्योगी व्यवसायीहरुको माग /पुर्नकर्जामा २ प्रतिशत ब्याज घटाउने व्यवस्था अझ अपुग रहेको गुनासो ।

१०.(समस्यालाई अवसर बनाउ)
अर्थतन्त्रको विकासका लागि कोभिड–१९ बाट सिर्जित समस्यालाई अवसरको रुपमा लिनुपर्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई / एक अर्कालाई माग तेस्र्याउनु भन्दा पनि सबैले देशको विकासको अवस्था हेरेर अगाडी बढ्नुपर्नेमा जोड ।

११.(सीमामा हवाई फायर)
भारतबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि बाराको नेपाल–भारत सीमामा सशस्त्र प्रहरीद्वारा हवाई फायर/लकडाउनयता मात्रै भारतीय नागरिकले नेपाल प्रवेश गर्न खोज्दा ११ चेक प्वाइन्टमा आक्रमण ।

१२. (सेनाको पनि ढिलाई)
नेपाली सेनाले चीनबाट ल्याउन लागेका स्वास्थ्य सामग्रीहरु आगामी सातामात्रै आइपुग्ने /ढुवानी प्रक्रियामा समस्या भएपछि तोकिएको मितिभन्दा एक साता ढिलो सामग्री आइपुग्ने सेनाको भनाई ।

१३.(नेपालीको कहिले हुन्छ ?)
चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाज आफ्ना ३ सय ६४ नागरिक बोकेर फर्कियो /नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई चिनियाँ दूतावासको पहलमा उद्दार ।

१४.(निर्दयी मलेसिया)
जनवरी १ तारिख यता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन /डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि कारबाही हुने ।

र,
१५.(बढिरहेको प्रभाव)
कोरोना महामारीका कारण विश्वभर हालसम्म २ लाख ६५ हजार बढीको मृत्यु / ३८ लाख ४३ हजार बढी संक्रमित /१३ लाख १४ हजार बढी निको भएर घर फर्किए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.