×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

यी तीन विषयमा अड्कियो वाम एकता

२० चैत्र २०७४

टुंगो लाग्न बाँकी विषयमा छलफल गर्न आज एकता संयोजन समितिको बैठक 

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

Advertisement

राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो । तीनवटै विषय गम्भीर र आपसमा जेलिएका कारण दुवै दल गृहकार्यविना तत्काल एकता घोषणाको मिति टुंग्याइहाल्ने पक्षमा देखिएका छैनन् ।

सहमति जुट्न नसकेका विषयमा छलफल गर्न आज(मंगलबार) एकता संयोजन समितिको बैठक बस्दै छ । ‘बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरिसकेपछि आवश्यक विषयमा कार्यदल सदस्यसहितको उपस्थितिमा छलफल हुन्छ,’ एमाले उपाध्यक्ष वामदेव गौतमले नयाँ पत्रिकासँग भने, ‘सकेसम्म मंगलबार नै टुंग्याउने प्रयास गर्छौं, टुंगिएन भने छलफल हुँदै जान्छ ।’

एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी छ । ‘तीनवटै विषय धेरै महत्वपूर्ण छन्, आपसमा जेलिएका पनि छन्, त्यसैले पार्टी एकता संयोजन समितिबाटै टुंगो लगाउने गरी प्रतिवेदन बुझाइने निर्णय भएको छ,’ संगठन तथा विधानसम्बन्धी कार्यदलका सदस्य बेदुराम भुसालले भने । कार्यदलका संयोजक रामबहादुर थापाले कार्यदलबाट सम्भव नहुने भन्दै टुंगिन बाँकी तीनवटै विषय राखेर प्रतिवेदन बुझाउँदा उपयुक्त हुने प्रस्ताव गरेका थिए । थापाको प्रस्तावप्रति एमाले महासचिव ईश्वर पोखरेलले पनि सहमति जनाएका छन् ।

वैशाख ९ मा एकता घोषणासभा
एमाले उपाध्यक्ष वामदेव गौतमले ९ वैशाख ०७५ मा (२२ अप्रिल)मा दुई पार्टीबीच एकता घोषणासभा गर्ने तयारी भइरहेको बताए । ‘सकेसम्म मंगलबार नै टुंग्याउने प्रयास हुन्छ, टुंगिएन भने छलफल हुँदै जान्छ, तर ९ वैशाखमा दुवै पार्टी एक भएको घोषणा हुनेछ,’ गौतमले भने ।

टुंगिन बाँकी तीन विषय
१. एकताको संख्या अनुपात 

कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विषय टुंगिएको छैन । यद्यपि, दुवै पार्टीका नेताहरूले एकतामा नीति, सिद्धान्त र लक्ष्य महत्वपूर्ण रहेकाले कसको कति प्रतिशत सहभागिता ठूलो नहुने बताउँदै आएका छन् । एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिटलाई ध्यान दिँदै अनुपात मिलाउने पक्षमा छ । तर, माओवादी भने त्यसरी जाँदा विलयको अर्थ लाग्ने भन्दै समानतालाई आधार मान्नुपर्ने भन्दै बढीभन्दा बढी हिस्सा लिने रणनीतिमा देखिन्छ ।

२. विधानमा ‘जनयुद्ध’ शब्द  थप्ने कि नथप्ने ?
विधान मस्यौदाको सुरुकै प्रस्तावनामा  ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्ने विषय अझै टुंगिएको छैन । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने तर्क गरिरहेको छ ।

३. चुनाव चिह्न : सूर्य कि सूर्यभित्र हँसिया–हथौडा ?
माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान राखेका छन् । तर, एमाले नेताहरूले भने सूर्य चिह्न मात्रै राख्नुपर्ने तर्क गरेका छन् । ०४८ देखि जनस्तरमा परिचित भएकाले सूर्य चिह्न प्रभावकारी हुने एमालेको तर्क छ ।

उपयुक्त समयमा एकता : प्रधानमन्त्री
अहिले भारत भ्रमणअघि कि पछि एकता ? एकता ढिलो भयो जस्ता चर्चा चलिरहेको छ । एकता प्रक्रियाबाट हुने हो, अघि पनि हुन सक्छ, पछि पनि हुन सक्छ । उपयुक्त ढंगले उपयुक्त समयमै हुन्छ, छिटो–ढिलो भन्ने हुँदैन,’ सोमबार मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top